२० भाद्र २०८३, शनिबार
,
Latest
थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलतः एमाले उपमहासचिव ज्ञवाली



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता भएको हिंसा र विध्वंसलाई परिवर्तनको नाममा महिमामण्डन गर्न नहुने टिप्पणी गर्नुभएको छ ।

बुधवार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । भदौ २३ गतेको हिंसा र २४ गतेको देशदोहनलाई आन्दोलनलाई परिवर्तनको प्रतिक ठान्नु उपयुक्त नहुने उहाँको धारणा छ । उहाँले जेन–जी पुस्ताले गरेको शान्तीपूर्ण आन्दोलनमाथि घुसपैठ भएको कारण देश दोहन हुन पुगेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको लागि हिंसा र विध्वंश एउटा नियमित आकस्मिकता जस्तो भयो । १० वर्षको पीडा २० वर्ष अगाडि मात्रै टुंगिएको हो । अहिले पनि त्यसको उत्पादन समाजमा छ । जेनजी युवाहरुले एउटा फूल पनि भाँच्दैनौं, प्रहरीसँग वादविवाद गर्दैनौं भनेर आन्दोलन शुरु गर्नुभएको थियो । तर जसरी २३ गतेको हिंसा र २४ भदौको देश दोहानलाई परिवर्तन ठानेर त्यसको महिमामण्डन गर्नुपर्छ भन्ने म बेल्कुलै ठान्दिनँ ।’

उहाँले भ्रष्टाचारविरुद्ध तत्कालीन सरकारले गरेको कारबाही प्रक्रियाको अजरअन्दाज गरेर सरकारले भ्रष्टाचारको मलजल गरिरहेको भाष्य निर्माण गरिएकोप्रति गुनासो गर्नुभयो । उहाँले २०४६ साल यताका भ्रष्टाचारका काण्डहरुको छानविन गर्न वर्तमान सरकारलाई चुनौती पनि दिनुभयो ।