१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तार गर्नुपर्छः अध्यक्ष ढकाल (भिडियो सहित)



अ+ अ-

काठमाडौं । ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तार गर्नुपर्ने बताउनु भएको छ । 

आईतवार बैंकको १५ औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष ढकालले धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तार गर्नुपर्ने बताउनु भएको  हो । उहाँले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग औपचारिक रुपमा नेपालमा विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले ग्लोवल आईएमई बैंकलाई विदेशमा शाखा खोल्न अनुमति दिनका लागि आग्रह गर्नुभयो । 

अध्यक्ष ढकालले राष्ट्र बैंकले डलरमा खाता खोल्ने नीति ल्याउनु राम्रो भएको भन्दै यसलाई कार्यान्वयनमा लैजान बढी विदेशी मुद्रा आर्जन हुने देशहरुमा शाखा संचालनको अनुमति दिन माग गर्नुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘नेपालमा एउटा फर्मल सिस्टमबाट जुन रेमिट्यान्स भित्र्याउनका लागि जुन प्राइभेट रेमिट्यान्स कम्पनीलाई लाइसेन दिएर जुन एउटा अग्रगामी कदम नेपाल राष्ट्र बैंकले शुरु गरेको थियो, त्यसैको फलस्वरुप बैंकिङ च्यानलबाट बाहिर रहेको फरेन करेन्सी जुन नेपालीहरुले विदेशमा काम गरिरहेको फरेन करेन्सी इन्फर्मल च्यानलबाट आउने थियो । 

त्यसलाई बास्तवमा प्राइभेट कम्पनीलाई रेमिट्यान्स फर्मुलाईज गर्नको लागि राष्ट्र बैंकले जुन आईएमीलाई यो इन्करेज गर्नुभयो, त्यसै गरेर अहिले यो मर्जरको र हरेक हिसावले ग्लोवल आईएमई बैंकलाई इन्करेज गरिरहनु भएको छ । त्यसैगरि आउने दिनमा जस्तो अहिले हाम्रोमा रेमिट्यान्स घटेको अवस्था छ । तरलताको अभाव भएको अवस्था छ । भर्खर भर्खर नेपाल राष्ट्र बैंकले जुन एउटा डलरमा खाता खोल्ने पोलिसी ल्याएको छ । त्यसका लागि धन्यवाद छ । 

यो पोलिसीलाई कार्यान्वयनमा ल्याउनलाई नेपालीहरु जहाँ धेरै नेपालीहरुको संख्या भन्दा पनि एउटा राम्रो विदेशी मुद्रा आर्जन गर्नसक्ने वा धेरै पैसा विदेशी मुद्रामा आर्जन गर्ने ठाउँ छ, जस्तो कोरिया र जापान, त्यस्तो ठाउँमा म श्रीमान गभर्नर साप र राष्ट्र बैंकको टीमलाई म के आग्रह गर्दछु भने ग्लोवल आईएमई बैंकलाई बैंक ब्राञ्च खोलेर त्यहाँको एउटा इन्फर्मल रुपमा आउने रेमिट्यान्सलाई फर्मल च्यानलमा ल्याउनको लागि जसरी ग्लोवल आईएमई बैंकले रेमिट्यान्स भित्र्याउन एउटा सानो कम्पनीले शुरु गरेको थियो, त्यसैगरी ग्लोवल आईएमई बैंकले बाहिरको फरेन करेन्सी फर्मल च्यानलमा ल्याउनको लागि सपोर्ट गर्नेछ । त्यसको लागि नेपाल राष्ट्र बैंकले केही मुलुकमा जहाँ ब्राञ्चको रुपमा रेफ्रेजेन्टेडको अफिसहरु हामीले सञ्चालन गरेका छौँ । र यसबाट पनि केही हदसम्म हामी जस्तो फर्मलाई ल्याउनलाई सहयोग पनि गरेका छौँ । अझै यसलाई राष्ट्र बैंकको उद्देश्य र आम नेपालीहरुको उद्देश्यअनुसार बनाउनको लागि ब्राञ्च अप्रेशनमै हामी जानुपर्छ ।’

अध्यक्ष ढकालले बैंकले हाल औपचारिक रुपमा विदेशी मुद्रा नेपाल भित्र्याउन केही मुलुकमा शाखाको रुपमा सम्पर्क कार्यालयहरु सञ्चालन गरिए पनि त्यसले पर्याप्त नहुने बताउनु भयो ।