९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्कीमा सहकारीमा झन्डै ८९ करोड रुपैयाँ हिनामिना, सात जना पक्राउ



अ+ अ-

पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्थामा ठूलो रकम हिनामिनाको आरोपमा कास्की प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, र व्यवस्थापक भीष्मप्रसाद गुरुङलाई पक्राउ गरेको जनाएको छ ।

साथै, सदस्य दोरजे तामाङ, सुपरभाइज मार्केट प्रमुख बेदीप्रसाद सुवेदी सहित सात जनालाई नियन्त्रणमा लिइएको हो ।

वित्तीय विश्लेषक निर्मल गौतम नेतृत्वको समितिले गरेको अध्ययनअनुसार सो सहकारीमा झन्डै ८९ करोड रुपैयाँ हिनामिना भएको देखिएको छ ।

समितिको निष्कर्षमा सहकारीका पदाधिकारी, व्यवस्थापक र कर्मचारीले मिलेमतो गरी संस्थामा सङ्कलित रकम दुरुपयोग गरेको उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार कार्यसमिति, पूर्वपदाधिकारी तथा सञ्चालकहरूले व्यक्तिगत स्वार्थअनुसार रकम हिनामिना गरेको पाइएको छ ।

पक्राउ परेकाहरूमाथि जिल्ला अदालत कास्कीबाट म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।