९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई नख्खु कारागारबाट सोधपुछका लागि सिंहदरबार लगिँदै



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सोधपुछका लागि सिंहदरबारस्थित उच्चस्तरीय जाँचबुझ आयोगमा लगिँदै छ ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले लामिछानेसँग जेनजी आन्दोलनको क्रममा उनी नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न आज (बुधबार)का लागि बोलाएको हो ।

नख्खु कारागार स्रोतका अनुसार आयोगको पत्रका आधारमा लामिछानेलाई हालै सोधपुछका लागि कारागारबाट हिँडाइएको छ ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका पूर्वगृहमन्त्री लामिछाने २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै कारागार बाहिर निस्किएका थिए ।

तर, उनको बाहिरिने प्रक्रियाबारे कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकता नै शंकास्पद बनेको थियो । सो घटनापछि लामिछाने पुनः कारागार फर्किएका थिए ।

घटनाको सत्यतथ्य पत्ता लगाउन आयोगको टोलीले गत सोमबार नख्खु कारागार पुगेर स्थलगत अध्ययन गरेको थियो । त्यसअघि आयोगले कारागार प्रमुख सत्यराज जोशीसँग समेत बयान लिएको थियो ।