१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

चाबहिल–साँखु सडक खण्ड: अटेर गरेपछि घरमै डोजर चल्यो

चाबहिल–साँखु सडक खण्ड: अटेर गरेपछि घरमै डोजर चल्यो
अ अ+ अ-

काठमाडौँ । तीन वर्षअघि नै घरको मुआब्जा लिई पटक पटकको सूचना र ताकेतापछि पनि अटेर गर्ने काठमाडौँको चाबहिल–साँखु सडक खण्डमा पर्ने स्थानीयवासीको घरमा डोजर चलाइएको छ । आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा दुईपटक गरी मुआब्जा लिई अहिलेसम्म घर नभत्काएका घरधनीको घरमा डोजर चलाइएको हो । स्थानीयवासीले सडक क्षेत्रमा परेका घर नभत्काउँदा सडक निर्माण नै अवरोध भएपछि काठमाडौँ उपत्यका विकास प्राधिकरण, काठमाडौँ उपत्यका सडक विस्तार आयोजना र सडक विभागको संयुक्त पहलमा बुधबार चाबहिल–साँखु सडक खण्डमा पर्ने मूलपानी, थली र डाँछीका सडक क्षेत्रमा पर्ने घरमा डोजर चलाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार सो सडक खण्डमा पर्ने मूलपानी र डाँछीमा एउटा/एउटा तथा थलीमा पाँचवटा घरमा डोजर चलाइएको हो । “दुई वर्षअघि नै मुआब्जा लिइसकेको तथा घर भत्काउन पटकपटक सूचना र ताकेता गर्दा पनि नभत्काएपछि सडक क्षेत्रमा परेका घरहरूमा डोजर चलाई साङ्केतिक रूपमा भत्काइएको छ, अब उहाँहरूले आफैँ भत्काउनुपर्छ,” उनले भने, “अब पनि उहाँहरूले घर भत्काउनुभएन भने हामीले पूर्णरूपमा घर भत्काउने छौँ ।” मुआब्जा लिएकाहरूको मात्र घरमा डोजर लगाइएको उनले स्पष्ट पारे । काठमाडौँ उपत्यका विकास प्राधिकरणका कर्मचारीले घर भत्काउनका लागि घरघरमा गएर सूचना दिए पनि सम्बन्धित घरधनीले घर नभत्काएपछि काठमाडौँ उपत्यका विकास प्राधिकरण, काठमाडौँ उपत्यका सडक विस्तार आयोजना र सडक विभागको संयुक्त पहलमा घरमा डोजर चलाइएको उनले स्पष्ट पारे ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडक क्षेत्रका घरहरू भत्काई विस्तार गर्नुपर्ने सडक ‘एलाइन्मेन्ट’ पूर्णरूपमा खाली गराइसकेपछि सो क्षेत्रमा विस्तार तथा कालोपत्रेको काम सुरु गरिने उनले स्पष्ट पारे। सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख राजेन्द्र शर्माले तीन वर्षअघि नै मुआब्जा लिई पटक पटकको सूचना र ताकेतापछि पनि अटेर गरी अहिलेसम्म घर नभत्काएका स्थानीयवासीको घरमा बुधबार डोजर लगाइएको जानकारी दिए । उनले भने,“भत्काउनुपर्ने घरहरू डेरा गरी बसोबास गरेका, पसल भएका कारण मानवीय हिसाबले पनि बुधबार साङ्केतिक रूपमा घरमा डोजर चलाइएको हो, आफ्नो घर आफैँ भत्काउनका लागि सम्बन्धित घरधनीहरूलाई सूचना दिइसकिएको छ, यो सडक खण्डमा हामी अब नियमित काम गर्छौं ।”

चाबहिलदेखि साँखुसम्मको सडकलाई २२ मिटर चौडा गर्ने गरी २०७२ सालदेखि काम सुरु गरिए पनि घरजग्गा मुआब्जा विवादका कारण उक्त सडक खण्डको विस्तार तथा कालोपत्रे अहिलेसम्म हुन सकेको छैन । यस सडक खण्डको कुल लम्बाइ १२.५०० किलोमिटर रहेको छ । गोेरखापत्र दैनिक