१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

‘विदेशमा कोरोना भाइरसबाट सतर्क रहनू’

‘विदेशमा कोरोना भाइरसबाट सतर्क रहनू’
अ अ+ अ-

काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई कोरोना भाइरसबाट सतर्क रहन आग्रह गरेको छ। कोरोना फैलिएको सबै मुलुकमा नेपाली पुगेका छन्। सरकारले उनीहरूलाई सकेसम्म घरबाहिर ननिस्कन अपिल गरेको छ। अस्ट्रेलियास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई एकै स्थानमा जम्मा नहुन र बाहिर ननिस्कन भनेको छ। अस्ट्रेलियामा डेढ लाखभन्दा बढी नेपाली छन्। तीमध्ये अधिकांश विद्यार्थी छन्। अस्ट्रेलियाका नेपाली खाना मात्र होइन ट्वाइलेट पेपरसमेत नपाएर असहजमा छन्। चितवनका उमेश थापाले सिड्नीबाट टेलिफोनमा भने, ‘हामी त ट्वाइलेट पेपर पनि नपाएर अलमलमा छौं। खानेकुरा त जम्मा गरिएको छ। त्रास बढ्दो छ।’

त्यस्तै अवस्था खाडीमा रहेका नेपालीको पनि छ। दक्षिण कोरिया र जापानमा रहेका नेपालीले पनि उस्तै पीडा सुनाएका छन्। ती देशका नागरिकलाई सम्बन्धित दूतावासमार्फत सतर्क रहन अपिल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।सरकारले कोरोना भाइरसको जोखिम कम गर्न छिमेकी र शक्ति राष्ट्रको सहयोग लिने तयारी गरेको छ। चीनले यसअघि नै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। सार्क क्षेत्रमा पनि भारतको अगुवाइमा सहकार्य गरेर महामारीविरुद्ध लड्ने तयारी छ।

शान्ति सेनालाई सतर्क रहन निर्देशन:कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न शान्ति मिसनमा रहेका नेपाली सेनाले उच्च सतर्कता अपनाइरहेको जंगी अड्डाले जनाएको छ। मिसनमा तैनाथ शान्ति सैनिकलाई संक्रमणबाट खतरामुक्त रहेको यकिन गर्न आवश्यक प्रबन्ध मिलाइएको छ। विश्वका ११ मुलुकमा पाँच हजार एक सय एक नेपाली शान्ति सैनिक खटिएका छन्। यसैबीच दक्षिण सुडानले चीन, भारत, कम्बोडिया, दक्षिण कोरिया र नेपालका शान्ति सैनिकहरुको हवाई आवगमनमा रोक लगाएको छ। ती देशमा तैनाथ हुन जाने शान्ति सैनिकको रि–डिप्पोयमेन्ट स्थगित भएको नेपाली सेनाले जनाएको छ।

जंगीअड्डामा पूर्वाभ्यास:नेपाली सेनाले कोरोनाको जोखिम नियन्त्रण, उपचार विधि र अपनाउनुपर्ने सजगताबारे जंगीअड्डा परिसरमा पूर्वाभ्यास गरेको छ। अस्पताल र क्वारेन्टाइन झल्कने त्रिपाल स्थापना गरी बिरामीको प्रवेशसँगै रोग परीक्षण, शंकास्पद व्यक्ति राख्ने स्थल र क्वारेन्टाइनबाट प्रदान गरिने सेवाबारे पूर्वाभ्यास गरिएको नेपाली सेनाले जनाएको छ। बिरामी र चिकित्सकले अपनाउनुपर्ने सजगताका लगायतबारे जानकारी दिन अभ्यास गरिएको सेनाले स्पष्ट पारेको छ। अन्नपुर्णपोष्ट दैनिक