१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

प्रचण्डको कुर्सी गुम्यो !

प्रचण्डको कुर्सी गुम्यो !
अ अ+ अ-

काठमाडौं । ४ मंसिरमा बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले प्रधानमन्त्रीमा केपी शर्मा ओली र पार्टीको कार्यकारी अधिकार पुष्पकमल दाहाल प्रचण्डलाई दियो । १३ पुषमा बसेको सचिवालयको बैठकमा प्रचण्डको आसन फेरिएर अध्यक्ष ओलीसँगै राखियो ।पहिले भने बीचमा अध्यक्ष ओलीमात्र बस्ने गरेका थिए भने प्रचण्डसँगै रहेको सोफामा अन्य सचिवालय सदस्यसँगै अग्र भागमा बस्ने गरेका थिए । त्यसपछि प्रचण्ड एक्लैकै अध्यक्षतामा एकपटक सचिवालय र स्थायी कमिटी बैठक पनि बस्यो ।

जब प्रचण्डले कार्यकारी अधिकार पाए तब नेकपाभित्र विवादको श्रृंखला सुरु भयो । भैँसेपाटीको गोप्य बैठकपछि नेकपाभित्र अध्यक्ष ओली एकतर्फ र बाँकी अर्कोतर्फ रहेको स्पष्ट देखियो । त्यसपछि आएका बामदेव गौतम, एमसीसी लगायतका प्रकरणमा ओली र प्रचण्डबीच खटपट पार्टी विभाजनसम्म हुन्छ कि भन्नेसम्म पुगेको थियो । तर, बुधबारको सचिवालय बैठकमा पुन पुरानै दृश्य देखिएको छ । प्रचण्डको त्यो कुर्सी खोसिएर उनी पुन सोफामै आइपुगेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल उपस्थित नभएको अर्थपूर्ण सचिवालय बैठकले महत्वपूर्ण निर्णय नगरेपनि प्रचण्डले एक स्पष्ट सन्देश पाएको पूर्वएमालेका कतिपय नेताको बुझाइ रहेको छ ।

यद्यपि बालुवाटार स्रोतले भने कुर्सी गुमाएको नभई ओलीलाई संक्रमण नहोस् भनेर तत्कालका लागि यो व्यवस्था गरेको दावी गरेको छ । ‘दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको र संक्रमण हुने खतरा रहेकाले चिकित्सकको सुझावमा प्रधानमन्त्री ओलीलाई सबैभन्दा अलिक टाढा राख्न सो निर्णय गरिएको हो’, बालुवाटार स्रोतको भनाइ छ । यद्यपि कुर्सी हटाइएको विषय भने सचिवालय बैठकमा उठेन । बैठकमा सबै सदस्यलाई अनिवार्य मास्क लगाउनुपर्ने नियम लगाइएको थियो । आठै जनाले मास्क लगाएका छन् भने सचिवालयले कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको निर्णयलाई स्वागत गरेको छ ।

बैठकले सफल मिर्गौला प्रत्यारोपणको लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई बधाई दिएको छ भने उपचारमा संलग्न चिकित्सकहरू र मिर्गौलादातालाई धन्यवाद दिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यस्तै कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरी एसईई परीक्षासमेत रोक्नेलगायत निर्णयलाई सचिवालय बैठकले स्वागत गर्दै प्रशंसासमेत गरेको छ । सौर्य दैनिक