१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

चिनियाँको जनजीवन बिस्तारै सामान्य बन्दै

चिनियाँको जनजीवन बिस्तारै सामान्य बन्दै
अ अ+ अ-

बेइजिङ । डिसेम्बर अन्तिम सातादेखि कोरोना भाइरसको संक्रमणमा रहेका चिनियाँको जनजीवन बिस्तारै सामान्य बन्न थालेको छ। धेरै प्रान्त र सहरमा कलकारखाना पूर्ववत् सञ्चालन हुन थालेका छन्। किसान काममा फर्किएका छन्। केही प्रान्तमा शिक्षण संस्थामा पठनपाठन हुन थालेको छ भने पर्यटकीय स्थलमा पनि चहलपहल बढेको छ। तर पछिल्लो अवस्थामा कोरोना भाइरसका कारण चीनलाई चिन्तित बनाएको छ। विदेशबाट आएका चिनियाँ, चिनियाँ प्रवासी तथा चिनियाँ मूलका विदेशी कोभिड–१९ बाट संक्रमित भएको पाइएका छन्। पछिल्लो तथ्यांकअनुसार विदेशबाट आएका १५५ चिनियाँ कोभिड–१९ संक्रमित छन्।

बेइजिङ, साङहाई, कान्सु, चच्याङ, क्वाङतोङलगायतका गरी ११ वटा सहर र प्रान्तमा कोभिड–१९ देखिएको छ। राष्ट्रिय स्वास्थ्य आयोगका उच्च अधिकारी मी फङले विदेशबाट आउनेलाई चीन प्रवेशमा रोक्नु नै मुख्य प्राथमिकता रहेको बताए। उनले चिनियाँ नागरिकलाई विदेश यात्रा नगर्न आग्रह गरेका छन्। मंगलबार देखिएका १३ नयाँ संक्रमितमध्ये १२ जना विदेशबाट आएका थिए।सरकारले विदेशबाट आएकालाई तोकिएको क्वारेन्टाइन क्षेत्रमा बस्नुपर्ने व्यवस्था गरेको छ। त्यसबापत लाग्ने खर्च व्यक्ति आफैंले व्यहोर्नुपर्नेछ।

फाइल तस्बिर

यसअघि बेइजिङ फर्केका सबैलाई सेल्फ क्वारेन्टाइनका लागि भनिएको थियो। सोमबारदेखि विदेशबाट आउने सबै यात्रुले अनिवार्य रूपमा सरकारले तोकेको क्षेत्रमा क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था लागू गरिएको हो। चीनले सन् २००३ मा सार्स महामारीका बेला निर्माण गरिएको स्याओथाङसान अस्पताल पुनः सञ्चालनमा ल्याएको छ। क्वारेन्टाइनमा राख्नेको संख्या बढ्दै गएपछि अस्पताल पुनः सञ्चालनमा ल्याइएको चिनियाँ अधिकारीहरूले बताए।

कोभिड–१९ को केन्द्रबिन्दु मानिएको हुपई प्रान्तको उहान सहरमा मार्च ११ देखि संक्रमितको संख्या एक अंकमा झरेको छ। उक्त प्रान्तका अन्य सहरमा नयाँ संक्रमित नभेटिएको १३ दिन भएको छ। राष्ट्रिय स्वास्थ्य आयोगको मंगलबारको तथ्यांकअनुसार चीनमा ८० हजार ८ सय ९४ संक्रमित छन्। तीमध्ये ६९ हजार ६ सय १ जना निको भएर घर फर्किसकेका छन्। चीनमा कोरोना भाइरस संक्रमणबाट ३ हजार २ सय ३७ को मृत्यु भएको छ। अन्नपुर्णपोष्ट दैनिक