दार्चुला । कोरोना भाइरस ‘कोभिड– १९’ को कारण देखाउँदै सरकारले बुधबार बेलुकी एकाएक एसइई परीक्षा स्थगित गर्ने निर्णय गरे पनि दार्चुलाका अधिकांश विद्यार्थी बिहान ८ बजे परीक्षा केन्द्रमा धाउँदै ।

यस वर्षको यो परीक्षामा ५ लाख भन्दा बढी विद्यार्थी सहभागी हुदै थिए । बुधबार अपरान्ह बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने र सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।
तर लगत्तै बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय समितिको बैठमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेपछि उच्च स्तरीय समिति संयोजक पोखरेलले बुधबारकै निर्णय हुनेगरी एसईई स्थगित भएको जानकारी दिएका हुन् ।








