२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

९ दलबीच एकता घोषणा बुधबार, नाम ‘नेपाली कम्युनिस्ट पार्टी’



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)सहित नौ वटा दलबीचको एकता घोषणा बुधबार बिहान ११ बजे हुने भएको छ ।

माओवादी केन्द्रका नेता अग्नि सापकोटाका अनुसार यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका दलहरूले काठमाडौँको भृकुटीमण्डपमा संयुक्तरूपमा एकता घोषणा गर्ने तयारी गरेका छन् ।

सापकोटाले एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने जानकारी दिएका छन् । उनका अनुसार नयाँ पार्टीले जनताको चाहना अनुसार नीति–कार्यक्रम तयार गरी देशलाई समृद्धितर्फ लैजाने प्रतिबद्धता जनाएको छ ।

‘अहिलेसम्मका उतारचढाव, घुम्ती र मोड पार गर्दै अब देश समृद्धितर्फ अघि बढ्ने विश्वास गरेका छौँ,’ मंगलबार बसेको माओवादी केन्द्रको अन्तिम बैठकपछि सापकोटाले सञ्चारकर्मीहरूलाई बताए ।

उनले तत्कालका लागि माओवाद सिद्धान्त परित्याग गरिएको भए पनि माओका योगदानबारे सजीव छलफलमार्फत भविष्यमा पुनःस्थापित हुन सक्ने सम्भावना रहेको उल्लेख गरे ।

‘हाल एकता गर्नुपर्ने अपरिहार्यता भएकाले यस्तो निर्णय गरिएको हो,’ सापकोटाले भने ।