९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

९ दलबीच एकता घोषणा बुधबार, नाम ‘नेपाली कम्युनिस्ट पार्टी’



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)सहित नौ वटा दलबीचको एकता घोषणा बुधबार बिहान ११ बजे हुने भएको छ ।

माओवादी केन्द्रका नेता अग्नि सापकोटाका अनुसार यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका दलहरूले काठमाडौँको भृकुटीमण्डपमा संयुक्तरूपमा एकता घोषणा गर्ने तयारी गरेका छन् ।

सापकोटाले एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने जानकारी दिएका छन् । उनका अनुसार नयाँ पार्टीले जनताको चाहना अनुसार नीति–कार्यक्रम तयार गरी देशलाई समृद्धितर्फ लैजाने प्रतिबद्धता जनाएको छ ।

‘अहिलेसम्मका उतारचढाव, घुम्ती र मोड पार गर्दै अब देश समृद्धितर्फ अघि बढ्ने विश्वास गरेका छौँ,’ मंगलबार बसेको माओवादी केन्द्रको अन्तिम बैठकपछि सापकोटाले सञ्चारकर्मीहरूलाई बताए ।

उनले तत्कालका लागि माओवाद सिद्धान्त परित्याग गरिएको भए पनि माओका योगदानबारे सजीव छलफलमार्फत भविष्यमा पुनःस्थापित हुन सक्ने सम्भावना रहेको उल्लेख गरे ।

‘हाल एकता गर्नुपर्ने अपरिहार्यता भएकाले यस्तो निर्णय गरिएको हो,’ सापकोटाले भने ।