१३ असार २०८३, शनिबार
,
Latest
माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हितेन्द्र देव शाक्यको रिटमा कारण देखाउ आदेश जारी



फाइल फोटो
अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश नृपध्वज निरौलाको इजलासले सोमबार आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन भनिएको छ ।

शाक्यले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले रिटमार्फत कार्यकारी निर्देशक पदमा पुनर्बहालीको माग गरेका छन् ।

जेनजी आन्दोलनपछि ऊर्जामन्त्री बनेका कुलमान घिसिङको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले शाक्यलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि सरकारले मनोज सिलवाललाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले कुलमान घिसिङलाई पदमुक्त गरी शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।