९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

निकोलस भुसाल पक्राउ



अ+ अ-

काठमाडौं । तीन दिनदेखि प्रहरीको खोजीमा रहेका निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सार्वजनिक शान्ति र सुरक्षामा खलल पुर्‍याएको अभियोगमा भुसाललाई पक्राउ गरिएको हो । उनले पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा अण्ठसन्ठ अभिव्यक्ति दिँदै आएका थिए ।

तीन दिनअघि उनले माइतीघरमा प्रदर्शनको आह्वान गरेका थिए । तर, तोकिएको दिन उनी उपस्थित भएका थिएनन् ।

यसअघि माइतीघरमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका भुसालले गाँजा सेवन गरेको पुष्टि भएपछि उनलाई परिवारको जिम्मामा पुनःस्थापना केन्द्र (रिह्याव सेन्टर)मा राख्ने सर्तमा रिहा गरिएको थियो ।