९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौ २४ को आगजनी प्रकरणमा सर्वोच्च र जिल्ला अदालतको जाहेरी, प्रहरीमा अनुसन्धान सुरु



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँले गत भदौ २४ गते अदालत परिसरमा भएको आगजनी घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन् ।

जाहेरीमा कसैको नाम किटान गरिएको छैन । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार जाहेरी दर्ता भएसँगै घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।

काठमाडौँ जिल्ला अदालतले भवन र अन्य सामग्री गरी करिब ६२ करोड रुपैयाँको क्षतिको विवरण सहित जाहेरी दर्ता गराएको जनाएको छ। भदौ २४ गतेको घटनामा सात वटा उच्च अदालतमा समेत आगजनी र तोडफोड भएका थिए ।

सर्वोच्च अदालतको पत्राचार अनुसार ती अदालतहरूले पनि आफ्ना क्षतिको विवरण संकलन गरी प्रहरीमा जाहेरी दिने तयारी गरिरहेका छन् ।