२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली जनतालाई सुरक्षित राख्‍न अमेरिकी सरकारबाट थप १८ लाख डलर प्रदान



अ+ अ-

काठमाडौँ । नेपाल सरकारको नोभल कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी तयारी तथा प्रतिकार्यलाई सशक्त बनाउन अमेरिकी सरकारले थप १८ लाख डलर सहयोगको सगर्व घोषणा गरेको छ । यो रकम अमेरिकी अन्तर्राष्‍ट्रिय विकास नियोग (युएसएआइडी) को सङ्क्रामक सरुवा रोगविरुद्ध आपत्कालीन सञ्‍चित कोषको एक हिस्सा हो ।

झन्डै ११ लाख डलर कोभिड–१९ को रोकथाम’मा समुदायहरूलाई शिक्षित बनाउन र उक्त भाइरससम्बन्धी गलत जानकारी विरुद्ध लड्न युएसएआइडीका चालु स्वास्थ्य कार्यक्रमहरूको विस्तार गर्न प्रयोग हुनेछ भने बाँकी ७ लाख डलरले विश्‍व स्वास्थ्य सङ्‍गठनमार्फत कार्यान्वयन भएका हाल जारी तयारी तथा प्रतिकार्य क्रियाकलापहरूलाई टेवा पुर्याउनेछ ।

यो रकम २०७६ फागुन २३ गते अमेरिकी सरकारद्वारा स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएका व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) को खेपका अतिरिक्त हो ।