१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

उपत्यकाका यी ५ ठाउँमा शुक्रबारदेखि सुपथ मूल्य पसल ! हेर्नुहोस्

उपत्यकाका यी ५ ठाउँमा शुक्रबारदेखि सुपथ मूल्य पसल ! हेर्नुहोस्
अ अ+ अ-

काठमाडौं । सरकारले उपत्यकाका विभिन्न ५ ठाउँमा शुक्रबारदेखि सुपथ मूल्यका पसल खोल्ने भएको छ । विभिन्न ५ स्थानमा चाडबाडको बेलामा जस्तै खोलिने सुपथ मूल्यको पसल खोल्ने तयारी गरिरहेको आपूर्ति मन्त्री लेखराज भट्टले बताए । शुक्रबारदेखि साल्ड ट्रेडिङले यस्ता पसल खोल्न लागेको हो । मन्त्री भट्टाले खाद्यान्न ४ देखि ६ महिनासम्मलाई पुग्ने अवस्थामा रहेको पनि बताए । यस्तै ८ महिनासम्मलाई पुग्ने औषधि, १० महिनासम्मका लागि पुग्ने नुन र ३ महिनासम्मका लागि पर्याप्त चिनी पनि रहेको मन्त्री भट्टले बताए । उनले स्वास्थ, गृह र अपूर्ति मन्त्रालयले उपत्यका बाहिर पनि बजार अनुगमन गरिरहेको जानकारी दिए ।

त्रसित भएर घरघरमा खाद्यान्न र अत्यावश्यक वस्तु सञ्चित गर्नु नपर्ने स्पष्ट पारेको छ । नियमित बजार अनुमगनसहित कृत्रिम अभाव र भ्रम सिर्जना गर्नेलाई कारबाही प्रारम्भ गरेको सरकारले आगामी चारदेखि ६ महिनासम्म पुग्ने खाद्यान्न भण्डारण रहेकाले अभाव हुने आशंकाले चाहिनेभन्दा बढी सामान खरिद नगर्न सरकारले सबैमा आग्रह गरेको हो । मन्त्री भट्टले पेट्रोलियम पदार्थको पर्याप्त भएको उल्लेख गर्दै व्यवस्थापनमा मात्रै समस्या रहेको बताए । उनले भने, ‘खाद्य १ क्वीन्टल लिनेले १० क्वीन्टल पनि लिएका छन् । ग्यास पनि यस्तै भएको छ । जनताको घरमा छापा मार्नेस्थिति हुन्न राज्यको ।’

बजारका सिटामोलको माग बढेको मन्त्री भट्टको भनाइ थियो । मास्क र ह्यान्ड स्यानिटाइजर मागअनुसार आपूर्ति गर्न नसकेको मन्त्री भट्टको भनाइ छ । ग्यास कालोबजारी गर्नेबाट फागुनयता ५६ लाख ३० हजार जरिवाना भराइएको उनले जानकारी दिए । चीनबाट आउने तरकारीजन्य वस्तुमा मात्रै मूल्य बढेको र अन्यमा समान्य नै रहेको मन्त्री भट्टले बताए । मन्त्री भट्टले पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेको जनाउँदै केही ग्यास उद्यमीमा देखिएको समस्यालाई ध्यान दिएर सरकारले आयात सहज नबनाए उद्यमीलाई कारबाही गर्न चेतावनी दिए ।

उनले गत २०७६ माघ महिनादेखि हालसम्म विभिन्न उद्यमी र व्यवसायीलाई कालोबजारी र अन्य कसुरमा कारबाही गरी ५६ लाख जरिवाना असुल गरिएको बताए । मन्त्री भट्टले ग्यास र पेट्रोलियम पदार्थ आवश्यकताभन्दा बढी खरिद गरेर घरमा भण्डारण गर्दा दुर्घटनासमेत हुन सक्नेतर्फ सचेत गराउँदै इन्डक्सन चुलो र बिजुलीको प्रयोग बढाएर पनि आवश्यकता पूरा गर्न सकिने स्पष्ट गरे ।

औषधि पसलहरूले जति माग्यो त्यति मात्रामा दिने प्रक्रियाका कारण सिटामोलको माग बढेको उल्लेख गर्दै आवश्यकतानुसार माक्स र सेनेटाइजरको आपूर्ति बढाइएको जानकारी दिए । मन्त्री भट्टले विपद्को अवस्थामा सञ्चारमाध्यमले आम जनतालाई सुरक्षित र सुसूचित गराउन भूमिका खेल्नुुपर्नेमा पनि जोड दिए । सौर्य दैनिक