१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

अफवाह फैलाउनेलाई ६ महिना कैद, एक लाख जरिवाना

अफवाह फैलाउनेलाई ६ महिना कैद, एक लाख जरिवाना
अ अ+ अ-

सरकारले कोरोना भाइरसबारे अफवाह फैलाउनेलाई कानुनी कारबाही थाल्ने भएको छ । कोरोनाबारे भ्रम प्रचार गर्नेलाई एक लाख रुपैयाँ जरिवाना तथा ६ महिनासम्म कैद सजाय हुने सरकारले जनाएको छ । बिहीबार गृह मन्त्रालयमा बसेको बैठकले कोरोनाबारे अफवाह फैलाउनेलाई मुलुकी अपराध संहिताको व्यवस्था आकर्षित गरेर एक लाख रुपैयाँ जरिवाना र ६ महिना कैदलाई कडाइ साथ लागू गर्ने निर्णय गरेको हो । यसका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई आवश्यक निर्देशन दिने निर्णय भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए ।

मन्त्रालयले नेपालको दक्षिणी नाकाहरूबाट हुने आवतजावतमा कडाइ गर्ने निर्णय पनि गरेको छ । कोरोनाका कारण भारतसँग सीमा जोडिएका नाकाहरू बढी जोखिममा रहेको निष्कर्ष बैठकले निकालेको छ । दक्षिणी मुलुक भारतलगायत देशबाट कामदार फर्किने क्रम उच्च रहेकाले त्यसलाई कडाइ गर्न सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइएको पोखरेलले बताए । ‘कर्णाली, सुदूरपश्चिम प्रदेश र तराईमा भारतबाट मानिसहरू आउने क्रम बढेको निष्कर्ष बैठकले गरेको छ,’ उनले भने, ‘भारतसँग सीमा जोडिएका नाकामा कोरोनाको जोखिम रहेकाले कडाइ गर्ने निर्णय भएको छ ।’ सीमामा कडाइ गर्ने, परीक्षण बढाउने र वैकल्पिक व्यवस्था गर्नेबारे छलफल भएको उनले बताए ।

बैठकमा डा. सुन्दरमणि दीक्षितलाई कारबाही गर्न माग उठेको थियो । बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले हालसम्म ५ सय १२ जनाको नेपालमा परीक्षण गर्दा नेगेटिभ भएको पाइएको बताए । सरकारी निकायले नेगेटिभ भएको तथ्य प्रस्तुत गर्दागर्दै दीक्षितले भने सार्वजनिक कार्यक्रममा नै नेपालमा परीक्षण गर्ने किट नै नभएको र परीक्षण नै नगरी नेगेटिभ भएको मात्र सरकारले दाबी गरेको आरोप लगाएका थिए ।

महानिर्देशक श्रेष्ठले कोरोना भाइरसको संक्रमणका विषयमा तथ्य प्रस्तुत गरिसकेपछि बैठकमा सहभागीले डा। दीक्षितले अफवाह फैलाएको भन्दै कारबाही माग गरेका थिए । बैठकमा गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, संघीय मामला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, २१ मन्त्रालयका सचिव र सुरक्षा अधिकारी थिए । सौर्य दैनिक