१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

एसईईको प्रश्नपत्रको सुरक्षामा चिन्ता

एसईईको प्रश्नपत्रको सुरक्षामा चिन्ता
अ अ+ अ-

काठमाडौं । विश्वविद्यालय तथा विद्यालय तहका परीक्षा स्थगन भएपछि प्रश्नपत्रको सुरक्षा चिन्ता देखिएको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) का प्रश्नपत्रको सुरक्षा कसरी गर्ने भनेर शिक्षा मन्त्रालयलाई बढी चुनौतीपूर्ण बनेको छ। परीक्षामा यसपटक छात्र र छात्रा गरी ४ लाख ८२ हजार विद्यार्थी सहभागी हुँदै थिए। परीक्षा बिहीबार सुरु गरी चैत १७ गते सम्पन्न गर्ने तालिका थियो। साधारण र प्राविधिक धारका गरी सबै विषयका लागि ५१ लाख थान प्रश्नपत्र छापिएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का नियन्त्रक रामराज खकुरेलले बताए।

उनका अनुसार ८६ विषयको प्रश्नपत्र छापिएको हो। प्रदेशअनुसार प्रश्नपत्र पनि फरकफरक छापिएको छ। प्रदेश २ मा गत वर्ष केही विषयको प्रश्नपत्र बाहिरिएको थियो। खकुरेलका अनुसार सबै परीक्षा केन्द्रनजिकै प्रहरी चौकीमा प्रश्नपत्र र उत्तरपुस्तिका पुर्याइएको छ। प्रश्नपत्र बाहिरिने त्रासका कारण सम्बन्धित जिल्लाको प्रहरी कार्यालय वा ‘क’ श्रेणीको इलाका प्रहरी कार्यालयमा राख्ने निर्णय गरिएको छ। प्रश्नपत्र राख्न टिनको बाकस किन्ने र त्यसमा सम्बन्धित परीक्षा केन्द्रका केन्द्राध्यक्ष र प्रहरी चौकी इन्चार्जले छुट्टाछुट्टै ताल्चा लगाएर राख्ने निर्णय गरिएको छ।

बाकस किन्न प्रतिपरीक्षा केन्द्रलाई २ हजार ५ सय रुपैयाँ रकम पठाइएको छ। ‘त्यो बाकसमा केन्द्राध्यक्ष र प्रहरी इन्चार्जबाट दुईवटा ताल्चा लाग्छ। उहाँहरूले आआफ्नो ताल्चा लिएर जानुहुन्छ। परीक्षाको मिति तोकेपछि मात्र खुल्छ’, खकुरेलले भने, ‘प्रश्नपत्र राखेको ठाउँमा उच्च निगरानी गर्ने निर्णय भएको छ।’ सरकारले बुधबार परीक्षा स्थगन गर्ने निर्णय गरेको थियो। त्यसबाट एसईई, ११ विश्वविद्यालय, शैक्षिक प्रतिष्ठान, सीटीईभीटी, लोकसेवा आयोगलगायत कार्यालयबाट लिइने परीक्षा रोकिएको छ। अधिकांश निकायले प्रश्नपत्र तथा उत्तरपुस्तिका छापेर सम्बन्धित ठाउँमा पुर्याइसकेका थिए।

विश्वविद्यालयको प्रश्नपत्र प्रहरी निगरानीमा: त्रिभुवन विश्वविद्यालयले पनि परीक्षा स्थगन भएपछि प्रश्नपत्रलाई प्रहरी निगरानीमा राख्ने भएको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीले धेरैजसो प्रश्नपत्र परीक्षा केन्द्रनजिकका प्रहरी चौकीमा पुर्याइएको बताएका छन्। ती प्रश्नपत्रको सुरक्षामा उच्च सतर्कता अपनाइएको छ। त्रिविले बिहीबार मात्रै निर्णय गरी चैतभित्र सञ्चालन गर्ने गरी तालिका सार्वजनिक भएका परीक्षा अनिश्चितकालका लागि स्थगन गरेको छ।

पठनपाठन भने चैतसम्म लागि मात्र स्थगन भएको त्रिविले जनाएको छ। त्रिविले स्नातकोत्तर तह पहिलो वर्षको परीक्षा मिति चैत ७ गतेदेखि तोकेको थियो। चैत ९ गतेदेखि हुन गरी एकवर्षे बीएडको परीक्षा तालिका सार्वजनिक भएको थियो। एलएलबी दोस्रो वर्षको परीक्षा चैत १४ गतेदेखि सञ्चालन हुने तालिका सार्वजनिक भइसकेको थियो। चैत २७ गतेदेखि अन्य तहको पनि परीक्षा सञ्चालनको तालिका सार्वजनिक भएको थियो। अन्नपुर्णपोष्ट दैनिक