२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस् यस्तै छ जिन्दगी…



अ+ अ-

जिन्दगी एउटा रंगमञ्च हो जहाँ सत्य र असत्य बिच सधै दोहोरी चलिरहन्छ । हो त्यही रंगमञ्चको एक पात्र म हु, सङ्घर्ष मेरो पर्याबाचि शब्द हो । जिन्दगी धेरै थोरै बुझेकी छु । यदि परिश्रमको सहि मूल्य मिल्ने थियो भने सायद संसारको सबैभन्दा धनी मानिस म नै हुने थिए यसरी भनि हाल्न पनि नमिल्ला सबैको मिहनतको मुल्य उतिकै हुन्छ । मानिस आफ्नो पाँपी पेटको लागि दिनरात मिहिनेत गरिरहेको हुन्छ । सामान्य मानिस देखि धनी मानिस सम्म आफ्नो पेटको लागि संघर्ष गरिरहेको हुन्छ । संसारको सबैभन्दा पाँपी चिज के हो ? भनेर कसैले प्रश्न गर्यो भने म सिधै भन्न सक्छु पेट ।

सधै फरासिलो मान्छे म आज खास्सै केहि गर्ने मुड छैन । सायद स्टेसन म्यानेजरको ती अप्रिय शब्दले होला । बस कुर्दा कुर्दै घडीले साढे पाँच बजाइसकेको रहेछ । अफिसबाट ५ बजे निस्कीएकी थिइ तर आधा घण्टा सम्म पनि साझा यातायातको बस आएको थिएन । एतिकैमा रत्नपार्क, टिचिङकान्ती, चक्रपथ, नयाँबसपार्क भन्ने आवाज मेरो कानमा गुञ्जियो अनि अलि अघि सरे ।
त्रीपुरेश्वरको त्यो जाम छिचाल्दै बस अघि बढदै थियो तर मेरो दिमागमा भने अर्कै कुरा खेलिरहेको छ । जागिरको एउटै राम्रो विशेषता छ महिनाको अन्तिम दिनमा अलि अलि कागजी नामक खोस्टा गोजीमा हुन्छ तर काठमाडौँमा जागिरले मात्रै खान बस्न पुग्दैन ।

ओभरटाइमको स्वरुप दुईओटा अनलाइनमा समाचार लेख्थे । घरतिर कसैले त भनेकै थिए जिवनमा पत्रकारिता नगर्नु भनेर अचाल सहि लाग्छ । इज्जत र कार्यक्रममा फोकटको खाना अनि खाजाहरु चाहिँ खुब दिलाउदो रहेछ पत्रकारिताले । आलु, साग, बन्दा प्याज इतयादिको आवाजले मेरो ध्यान भंग गर्यो अनि सोचे मेरो डेरामा तरकारी चाहिँ के छ ? झल्यास्स याद आयो डेरामा खाना नपकाएको त एक साता पो भयो अनि पर्स चेक गरे पर्समा जम्मा पचास रुपैया छ अब गर्ने के ? स्यालरी आउन अझै दस दिन जति बाँकी छ । अनि जुगाड गर्ने सोचे कोठा पलतिरको गोर्खेले दिदि संग सापटी माग्ने । यति विरक्त लाग्छ जिन्दगी सापटी मै चल्न पर्ने । बसको झ्यालबाट बाहिर नियाले रत्नपार्कको जाममा परेको रहेछ । नेपथ्यमा बोद्ध बौद्ध, चाबहेल चाबहेल इतयादि आवाज सुनिरहेको थिए ।

यस्तैमा मोबाइल भाइबे्रट भएको भान भयो खल्टीबाट मोबाइल निकाले अनि स्क्रीन हेरे अन्तिममा ३६ भएको नम्बर उठाए । हेलाे ! हजुर, नमस्कार उताबाट संवाद सुरु भयो, नमस्कार !कता हो हामी ? म रत्नपार्कको जाममा छु । मुस्कान साथ ए ए को उत्तर आयो ।
मैले चिन्ने चेस्ठा गरे । अनि सोधे को बोल्दै हुनुहुन्छ ? अरुले त संगम मगर भन्छन केरे अब हजुरले के भन्न हुन्छ ? शालिन आवाजमा उत्तर आयो । संगम मगर पाल्पाली साथी तर उ चितवन बस्छ । फेसबुकको असल मित्र तर उसले मलाइ माया गर्छ तर डाइरेक्ट भन्न सक्दैन । मैले जवाफ फर्काए एनटीसीको नम्बर के भयो र ?

एनटीसीलाइ दान गर्न पैसा छैन त्यसैले एनसेल मैया संग सापटी मागेर कल गरेको नि हजुर उ हाँस्दै बोल्यो । म जाममा छु अहिले रुममा पुगेपछि कल ब्याक गर्छु भनेर मैले फोन काँटे । आखिर प्रेम के हो म सोच्दै छु । संसारको सबैले एकअर्कालाई प्रेम गर्छन नै तर पनि जवानीको प्रेममा पृथक हुदो रहेछ । कुनै बेला मैले नि कसैलाई प्रेम गर्दथे तर त्यो प्रेम टुट्यो । भावीको खेल भनौ अथवा मेरो नै कमजोरी भनौ मैले प्रेम प्राप्त गर्ने सकिन । हरेक कुरामा सकरात्मक र नकरात्मक कुरा सोच्ने मान्छेको प्रेम असफल भएर के भो र सायद जिन्दगीले मलाई अर्कै ठाउँमा दोहोराउछ कि ? पाउनु मात्रै प्रेम होइन गुमाउनु पनि प्रेम हो । प्लस टु पढ्न तानसेन छिरेको म डेरा गरेर बस्थे । डेरा नजिकै संगमको घर थियो । ऊ मेरो जिवनको सम्वाहक थियो ।

यति माया गर्थे कि संगमलाई संसारको सारा शब्दकोषमा कुनै यस्तो शब्द छैन कि जस्को प्रयोग गरेर म कति माया गर्छु भनेर व्यक्त गर्न सकु । मेरो जिवन मरुभूमि थियो तर जब मेरो जिवनमा उसको आगमन भयो मेरो जिवन हराभरा चौर जस्तै भएको थियो । मैले मेरो मन अनि म संग भएका सारा कुराहरु उसैलाइ सुम्पेको थिए । तर उसको परिवारले हाम्रो माया सहन सकेन किन कि म मामुलि डेरा गरेर नाँच्दै हिड्ने केटि र उ तानसेनको हुनेखाने रैथाने । उसको परिवारले हाम्रो प्रेम देख्न सकेन । हामी छुटिने बेलामा उ बाथरुममा गएर धेरै रोयो सायद केटा मान्छे रोएको सुनेको मैले प्रथम पल्ट थियो । कति अप्रिय हुदो रहेछ छुटिने समय । जिन्दगी पैसा रहेछ क्यारे । उसले आफ्नो परिवारको लागि मलाइ त्याग्यो र म त्यागिन बाध्य भए ।

अचाल जिन्दगीले धेरै लात हानिरएछ अनि सोच्छु यदि उसले मलाई साचिकै माया गर्दथ्यो भने उसले आफ्नो परिवारलाइ त्याग्न सक्थयो । यदि कसैलाई प्रेम गर्छौ भने उसैसगँ जिन्दगी बिताउने सामथ्र्य राख्न सक्नु पर्छ । त्यो माया रहेनछ त्यो हाम्रो आकर्षण मात्रै रहेछ । अनि आफैले आफुलाइ थुक्ने गर्छु । उसको आमाले मलाइ मन नपराउनुको कारण म नाँच्ने केटि भएर पनि होला सायद । अचाल सोच्छु नाँचेर आखिर के पाए ? फगतको समय बर्बादी र बुवा आमाको गाली । सधै अरुको मनोरञ्जनको साधक मात्रै भए म । बुवा ४५ डिग्रीको घाममा दिदिनै सेकिनुको पिडा बुझ्दै छु ।

यस्तैमा बसको सहचालक बोल्यो दिदि हजुरको झर्ने ठाउँ आयो म झस्किए । अचाल त्यो रुटको सबै सहचालकहरुले मलाइ चिन्छन् । डेरामा छिर्ने बितिकै विस्कुट खोजे तर विस्कुट नि सकिएको रहेछ । छिमेकी दिदिसंग खानको अनुरोध नि गर्न लाज लाग्यो । अनि सोचे जिन्दगी दुखको समिश्रण रहेछ । कहिले काँही भोकै पनि सुत्न पर्छ भन्ने संगमको गफ याद आयो । बस यस्तै चल्दै छ जिन्दगी…