१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्रह्मा मन्दिरमा ४० वर्षपछि मूर्ति पुनःस्थापना



अ+ अ-

काठमाडौँ । छैटौँ शताब्दीमा बनेको ऐतिहासिक व्रह्माको मूर्ति मन्दिरमा पुनःस्थापना गरिएको छ ।

काठमाडौ महानगरपालिका वडा नम्बर ८ को पहलमा पाशुपत क्षेत्रमा मन्दिर निर्माण गरी मूर्तिको पुनःस्थापना गरिएको हो । उक्त ऐतिहासिक मूर्ति ४० वर्षदेखि गौशला प्रहरी वृतमा रहेको थियो । पञ्चाङ्ग निर्णायक समितिले दिएको समयअनुसार सोमवार बिहान बाजागाजासहित रथारोहण गरेर मूर्तिलाई प्रहरी वृतबाट मन्दिरमा लगिएको हो ।

काठमाडौं महानगर वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतले हराएर भेट्टाएपछि प्रहरीले सुरक्षित रुपमा प्रहरी वृत गौशलामा मूर्तिलाई राखेको जानकारी दिनुभयो । उहाँले मन्दिर पुनर्निर्माण गरिसकेपछि सोमवार मूर्तिको पुनःस्थापना गरिएको बताउनु भयो । उहाँकाअनुसार मन्दिरको औपचारिक उद्घाटन भने कात्तिक २१ गते काठमाडौं महानगरप्रमुख बालेन्द्र शाहको उपस्थितिमा हुनेछ । सर्वसाधारणको लागि पनि कात्तिक २१ पछि नै पूजाआजाको लागि मन्दिर खुला गरिने उहाँले जानकारी दिनुभयो । उहाँले व्रह्माको मूर्ति नेपालमा यही एउटा मात्रै भएको बताउनु भयो । उहाँले विष्णुको मूर्ति पनि रहेको र त्यसलाई पनि पुनर्निर्माणको लागि वडा कार्यलयले काम गरिरहेको जानकारी दिनुभयो । यद्यपि पुरातत्व विभागका कारण केही ढिला भएको उहाँको भनाई छ ।

छैटौँ शताब्दीमा निर्माण भएको व्रह्माको चतुरमुख मूर्तिसहितको ऐतिहासिक मन्दिर १९९० सालको भूकम्पभन्दा अगाडि नै भत्किएको थियो । भत्केपछि भग्नावशेष मात्र रहेकाले मूर्ति हराएको थियो । उक्त मूर्ति पछि धोबीखोलामा भेट्टाएर ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको थियो । मूर्ति पुनःस्थापना कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता ढंगोल, वडाध्यक्ष सङ्गत, वडा सदस्यहरु, सम्पदाविद्, संस्कृतिविद् लगायत स्थानियको उपस्थिति रहेको थियो ।