३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पायक पर्ने स्थानमा नि:शुल्क आँखा शिविर सञ्चालन गर्दा…



अ+ अ-

ढोरपाटन, (बागलुङ) । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा लायन्स क्लब अफ ढोरपाटनको संयोजनमा गत शुक्रबारदेखि सुरु भएको सो तीन दिने नि:शुल्क आँखा शिविरमा निसीखोला, तमानखोला, बडिगाड गाउँपालिकाका र ढोरपाटन नगरबासी लाभान्वित भएका थिए ।

शिविरमा आँखा परीक्षणसँगै मोतियाविन्दुको शल्यक्रिया समेत गरिएको थियो । परीक्षणका क्रममा मातियाविन्दु देखिएका ८५ जनाकोे शल्यक्रिया र परेला आँखाभित्र पसेका दुईजनाको उपचार गरिएको थियो । आँखामा जटिल समस्या भएका १३ जनालाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा ‘रिफर’ समेत गरिएको थियो ।

हिमालय आँखा अस्पताल पोखरामा सेवारत जलविन्दु विशेषज्ञ डा अनिल पराजुली लगायतका चिकित्सक एवं स्वास्थ्यकर्मीको टोलीले शिविरमा आँखा परीक्षण, उपचार र शल्यक्रिया गरेको थियो । निसीखोला–१ का कुमबहादुर मल्लले आफूलाई पायक पर्ने स्थानमा आँखा शिविर मार्फत् सेवा प्राप्त गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो,“आँखामा समस्या हुँदै आएको थियो । परीक्षण गराउँदा मोतियाबिन्दु भएको देखियो । शल्यक्रिया भयो । अहिले आँखाको ज्योति फर्किदा यो भन्दा आनन्दको क्षण के होला रु”

लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष तेजिन्द्र खत्रीका अनुसार शिविरमा चार सय ९५ जनालाई आवश्यकताका आधारमा चस्मा वितरण, ३२४ जनालाई औषधि वितरण अन्य आँखा जाँचसँगै आवश्यक परामर्श दिइएको थियो ।

दूर्गम भूगोल, आर्थिक समस्या र चेतनाको अभावका कारण आँखाको समस्या पालेर बसेका नागरिकको सहजताका लागि नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको हो । उहाँले भन्नुभयो, “ ग्रामीण भेगका नागरिकले आँखामा सामान्य समस्या भयो भने पोखरा, काठमाडौँका अस्पतालमा जानुपर्ने अवस्था छ, त्यसलाई मध्यनजर गरी लायन्स क्लबले नि:शुल्क शिविर संयोजन गरेको हो, शिविरमा धेरै ठाउँमा वृद्धदेखि सबै उमेर समूहका नागरिक आएर सेवा लिनुभयो, यस्ता शिविर निरन्तर गर्दै जाने छौँ ।” रासस