२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कात्तिक २१ र २२ गते नास आईटी एक्स्पो हुने



अ+ अ-

काठमाडौँ । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले ‘टिग नास आईटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ ।

नास आईटीले आईतवार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरि कात्तिक २१ र २२ गते उक्त एक्स्पो हुने जानकारी दिएको हो ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने एक्स्पोमा विभिन्न आईटी सफ्टवेयर, प्रडक्ट र सेवाहरू प्रदर्शनीमा रहनेछन् । स्थानीय प्रविधि र डिजिटल उद्यमशीतालाई प्रवद्र्धन गर्नका लागि पहिलो पटक नास आईटी एक्स्पो गर्न लागिएको हो । एक्स्पोमा ३० बढी आईटी सेवा र उत्पादनहरुको प्रदर्शनी रहने छ ।

एक्स्पो अवलोकनकर्तालाई विशेष अफरको व्यवस्था समेत गरिएको नास आईटीले जनाएको छ । साथै कम्पनीहरूले आफ्ना नवीनतम डिजिटल समाधानहरू सार्वजनिक गर्न र लाइभ पिच सेसनमार्फत आफ्नो सोच देखाउन सक्नेछन् । एक्स्पोले नेपालमा उत्पादित उत्पादनलाई नेपालमा नै खपत गर्नको लागी भुमिका खेल्ने नास आईटीका उपाध्यक्ष दीपेन चापागाईंले बताउनु भयो । एक्स्पोले नेपालको आईटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्य अवसर र नवीनतम प्रविधिका सम्भावनाहरूमा केन्द्रित हुन सहयोग गर्ने उहाँको भनाई छ ।

नास आईटी एक्सपोको शिर्ष प्रायोजकमा अकाउन्टिङ सफ्टवेयर टिग रहेको छ । एक्स्पोमा उद्यमी, निजी तथा सरकारी क्षेत्रका उच्च अधिकारी, नीति निर्माता, लगानीकर्ता लगायत सूचना प्रविधिमा इच्छुकहरू सहभागी हुने जनाइएको छ ।