काठमाडौं । जेन–जी प्रदर्शनका क्रममा प्रहरीले लुटिएको हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार काभ्रेपलाञ्चोक महाभारत–१ का राजा तामाङ भनिने वाङ्सु लामालाई पक्राउ गरिएको हो । लामा गोकर्णेश्वर–३ मा बस्दै आएका थिए ।
लामाले लाहुरे टोलस्थित एक पसलमा झोलामा राखेको अवस्थामा बन्दूकको बट र नाल फेला परेको प्रहरीले जनाएको छ ।
सीआईबीका अनुसार ज्यान मार्ने उद्योगको आरोपमा पुर्पक्षका लागि सुन्धारा कारागारमा रहेका लामा आन्दोलनको मौका पारी भागेका थिए ।
हाल उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











