१३ असार २०८३, शनिबार
,
Latest
माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पन्ध्र कट्ठामा तरकारीखेती गरेर वार्षिक रु पाँच लाख आम्दानी



अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ कटानका रानाथारू समुदाय व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् ।

डेढ दशकदेखि तरकारीखेतीमा संलग्न ती समुदायले तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि हरेक वर्ष खेती विस्तारमा जोड दिएका छन् । यहाँका नाथुराम रानाले डेढ दशकअघि ७५ बोट भन्टाबाट सुरु गरेको तरकारीखेती गाउँकै पहिचान बनेको छ ।

तरकारी बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि उहाँले अहिले १५ कट्ठा क्षेत्रफलमा तरकारीखेती विस्तार गरेको बताउनुभयो । तरकारीखेतीबाट वार्षिक रु पाँच लाख आम्दानी गरिरहेका रानाबाट पे्ररित भएर गाउँका अन्य ४० राना परिवारसमेत अहिले तरकारीखेतीबाटैै आत्मनिर्भर छन् ।

गाउँका बारी–बारीमा भन्टा, टमाटर, बन्दा, काउली खुर्सानीलगायतका हरिया तरकारी फस्टाएका छन् । यसै खेतीबाट गाउँलेहरू राम्रो आम्दानी गर्दै जीविकोपार्जन गरिरहेको राना बताउँछन् । “विसं २०६५ मा आफ्नै खेतमा ७५ बोट भन्टा रोपे यति धेरै फल्छ भन्ने मैले कल्पना नै गरेको थिइनँ”, उहाँले भन्नुभयो, “भन्टा राम्रो फलेपछि तरकारीखेती गरेर आम्दानी गर्न सकिन्छ भन्ने लाग्यो र अर्को वर्ष आधा कट्ठा जग्गामा लगाएँ ।” भन्टाबाट तरकारीखेतीमा भविष्य देखेका रानाले दोस्रो वर्षदेखि बन्दा, काउली, खुर्सानीलगायत तरकारीखेती विस्तार गर्दै लगिएको छ ।

अहिले खेती विस्तार गरेर पन्ध्र कट्ठामा तरकारीखेती गरेर वार्षिक रु पाँच लाख आम्दानी हुने गरेको राना बताउँछन् । खेती विस्तार गरेपछि आम्दानी पनि बढ्न थाल्यो । “खेती बढाउँदै गएँ, राम्रो आम्दानी हुन थाल्यो, पछि गाउँमा अरुले पनि तरकारीखेती गर्न थाले ।” उहाँले भन्नुभयो, “अरु अन्नभन्दा तरकारीखेतीमा बढी फाइदा हुन थालेपछि गाउँमा सबै तरकारीखेती गर्न थालेका हुन् ।” छयालीस परिवारको बसोबास रहेको नयाँ कटानमा ४० परिवार व्यावसायिक तरकारीखेतीमा लागेका छन् । तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका बन्धु रानाले पनि धान भित्र्याएर हिउँदे तरकारीखेतीमा लाग्नुभएको छ ।

“अहिले हाम्रो गाउँका सबैले तरकारीखेती गर्दै आएका छन्, यसमा अन्य खेतीभन्दा राम्रो आम्दानी हुन्छ”, रानाले भन्नुभयो, “मैले पनि हरेक वर्ष तरकारीखेती बढाउँदैछु, अहिले आठ कट्ठामा लगाएको छु ।” उहाँले हिउँदमा तरकारी बिक्री गरेर रु पाँच लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो । अन्य बालीभन्दा तरकारीखेतीमा तीन गुणासम्म फाइदा हुने भएकाले सिङ्गो गाउँ नै तरकारीखेतीमा लागेको उहाँको भनाइ छ । “सुरुमा तरकारी बोकेर घरघर गएर बिक्री गर्नुपथ्र्यो, बजारको समस्या थियो”, रानाले भन्नुभयो, “अहिले महेन्द्रनगरस्थित सब्जीमण्डीमा बिक्री हुन्छ, बजारको समस्या पनि छैन ।”

पछिल्लो समय तरकारीखेतीसँगै रानाथारू घरबास ९होमस्टे०समेत सञ्चालन गरेर रानाथारू समुदाय आत्मनिर्भर बनेको छ । तरकारीखेतीसँगै गाउँमा होमस्टे सञ्चालन गरेपछि यहाँका स्थानीय आत्मनिर्भर बनेको रानाथारू होमस्टेका अध्यक्ष पर्शुराम रानाले बताउनुभयो । “पाहुनालाई गाउँकै उत्पादन र परिकारको स्वाद दिन्छौँ”, रानाले भन्नुभयो, “यहाँ आउने पाहुनाले हाम्रो खाना र संस्कृति धेरै मन पराउने गर्छन् ।” उहाँले तरकारीखेती र होमस्टे दुवैबाट आय वृद्धि भएसँगै गाउँ अहिले आत्मनिर्भर र उदाहरणीय बस्तीका रूपमा परिचय बनाउन सफल भएको बताउनुभयो ।