४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पन्ध्र कट्ठामा तरकारीखेती गरेर वार्षिक रु पाँच लाख आम्दानी

पन्ध्र कट्ठामा तरकारीखेती गरेर वार्षिक रु पाँच लाख आम्दानी
अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ कटानका रानाथारू समुदाय व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् ।

डेढ दशकदेखि तरकारीखेतीमा संलग्न ती समुदायले तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि हरेक वर्ष खेती विस्तारमा जोड दिएका छन् । यहाँका नाथुराम रानाले डेढ दशकअघि ७५ बोट भन्टाबाट सुरु गरेको तरकारीखेती गाउँकै पहिचान बनेको छ ।

तरकारी बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि उहाँले अहिले १५ कट्ठा क्षेत्रफलमा तरकारीखेती विस्तार गरेको बताउनुभयो । तरकारीखेतीबाट वार्षिक रु पाँच लाख आम्दानी गरिरहेका रानाबाट पे्ररित भएर गाउँका अन्य ४० राना परिवारसमेत अहिले तरकारीखेतीबाटैै आत्मनिर्भर छन् ।

गाउँका बारी–बारीमा भन्टा, टमाटर, बन्दा, काउली खुर्सानीलगायतका हरिया तरकारी फस्टाएका छन् । यसै खेतीबाट गाउँलेहरू राम्रो आम्दानी गर्दै जीविकोपार्जन गरिरहेको राना बताउँछन् । “विसं २०६५ मा आफ्नै खेतमा ७५ बोट भन्टा रोपे यति धेरै फल्छ भन्ने मैले कल्पना नै गरेको थिइनँ”, उहाँले भन्नुभयो, “भन्टा राम्रो फलेपछि तरकारीखेती गरेर आम्दानी गर्न सकिन्छ भन्ने लाग्यो र अर्को वर्ष आधा कट्ठा जग्गामा लगाएँ ।” भन्टाबाट तरकारीखेतीमा भविष्य देखेका रानाले दोस्रो वर्षदेखि बन्दा, काउली, खुर्सानीलगायत तरकारीखेती विस्तार गर्दै लगिएको छ ।

अहिले खेती विस्तार गरेर पन्ध्र कट्ठामा तरकारीखेती गरेर वार्षिक रु पाँच लाख आम्दानी हुने गरेको राना बताउँछन् । खेती विस्तार गरेपछि आम्दानी पनि बढ्न थाल्यो । “खेती बढाउँदै गएँ, राम्रो आम्दानी हुन थाल्यो, पछि गाउँमा अरुले पनि तरकारीखेती गर्न थाले ।” उहाँले भन्नुभयो, “अरु अन्नभन्दा तरकारीखेतीमा बढी फाइदा हुन थालेपछि गाउँमा सबै तरकारीखेती गर्न थालेका हुन् ।” छयालीस परिवारको बसोबास रहेको नयाँ कटानमा ४० परिवार व्यावसायिक तरकारीखेतीमा लागेका छन् । तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका बन्धु रानाले पनि धान भित्र्याएर हिउँदे तरकारीखेतीमा लाग्नुभएको छ ।

“अहिले हाम्रो गाउँका सबैले तरकारीखेती गर्दै आएका छन्, यसमा अन्य खेतीभन्दा राम्रो आम्दानी हुन्छ”, रानाले भन्नुभयो, “मैले पनि हरेक वर्ष तरकारीखेती बढाउँदैछु, अहिले आठ कट्ठामा लगाएको छु ।” उहाँले हिउँदमा तरकारी बिक्री गरेर रु पाँच लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो । अन्य बालीभन्दा तरकारीखेतीमा तीन गुणासम्म फाइदा हुने भएकाले सिङ्गो गाउँ नै तरकारीखेतीमा लागेको उहाँको भनाइ छ । “सुरुमा तरकारी बोकेर घरघर गएर बिक्री गर्नुपथ्र्यो, बजारको समस्या थियो”, रानाले भन्नुभयो, “अहिले महेन्द्रनगरस्थित सब्जीमण्डीमा बिक्री हुन्छ, बजारको समस्या पनि छैन ।”

पछिल्लो समय तरकारीखेतीसँगै रानाथारू घरबास ९होमस्टे०समेत सञ्चालन गरेर रानाथारू समुदाय आत्मनिर्भर बनेको छ । तरकारीखेतीसँगै गाउँमा होमस्टे सञ्चालन गरेपछि यहाँका स्थानीय आत्मनिर्भर बनेको रानाथारू होमस्टेका अध्यक्ष पर्शुराम रानाले बताउनुभयो । “पाहुनालाई गाउँकै उत्पादन र परिकारको स्वाद दिन्छौँ”, रानाले भन्नुभयो, “यहाँ आउने पाहुनाले हाम्रो खाना र संस्कृति धेरै मन पराउने गर्छन् ।” उहाँले तरकारीखेती र होमस्टे दुवैबाट आय वृद्धि भएसँगै गाउँ अहिले आत्मनिर्भर र उदाहरणीय बस्तीका रूपमा परिचय बनाउन सफल भएको बताउनुभयो ।