१२ असार २०८३, शुक्रबार
,
Latest
काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट इटालीमा २४ घण्टामै ६ सयको मृत्यु, ज्यान गुमाउनेको संख्या ४ हजार नाघ्यो



अ+ अ-

काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड-१९) बाट २४ घण्टामा ६ सयको मृत्यु भएको छ भने मृतकको संख्या ४ हजार नाघेको छ । कोरोनासँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म इटालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ३२ पुगेको छ ।

इटालीमा हालसम्म सङ्क्रमितको सङ्ख्या ४७ हजारभन्दा बढी पुगेको छ । तीमध्ये ५ हजार १२९ जना भने पूर्ण रूपमा निको भएका छन् । अहिले ३७ हजार ८६० जना कोरोना संक्रमित छन् । संक्रमितमध्ये २ हजार ६५५ जना भने गम्भीर अवस्थामा छन् ।

अहिलो कोरोनाको संक्रमणबाट उद्गम स्थाल चीनमा भन्दा पनि बढी इटालीमा मरिसकेका छन् । पछिल्लो २४ घण्टामै इटालीमा ६२७ जनाको मृत्यु भएको छ भने ५ हजार ९८६ जना नयाँ संक्रमित भेटिएका छन् । चीनमा भने अहिलेसम्म ३ हजार २४८ जनाको मृत्यु भएको छ ।

पछिल्लो केही दिनयता इटालीमा प्रत्येक दिन कोरोना भाइरसबाट ४ सयभन्दा बढीको मृत्यु हुने गरेको छ । इटालीमा बुधबार ४७५ को मृत्यु भएको थियो भने ४ हजार २७० जना नयाँ संक्रमित भेटिएका थिए । बिहीबार ४२७ जनाको मृत्यु र ५ हजार ३२२ जना नयाँ संक्रमित भेटिएका थिए ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वको १८५ देशमा फैलिएको छ । वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार कोरोना भाइरसको कारण अहिलेसम्म विश्वभर ११ हजार ३७६ जनाको मृत्यु भइसकेको छ । भने २ लाख ७५ हजार संक्रमित भएका छन् । ९० हजार ९४३ जना भने निको भएर घर फर्किएका छन्।