२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट इटालीमा २४ घण्टामै ६ सयको मृत्यु, ज्यान गुमाउनेको संख्या ४ हजार नाघ्यो



अ+ अ-

काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड-१९) बाट २४ घण्टामा ६ सयको मृत्यु भएको छ भने मृतकको संख्या ४ हजार नाघेको छ । कोरोनासँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म इटालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ३२ पुगेको छ ।

इटालीमा हालसम्म सङ्क्रमितको सङ्ख्या ४७ हजारभन्दा बढी पुगेको छ । तीमध्ये ५ हजार १२९ जना भने पूर्ण रूपमा निको भएका छन् । अहिले ३७ हजार ८६० जना कोरोना संक्रमित छन् । संक्रमितमध्ये २ हजार ६५५ जना भने गम्भीर अवस्थामा छन् ।

अहिलो कोरोनाको संक्रमणबाट उद्गम स्थाल चीनमा भन्दा पनि बढी इटालीमा मरिसकेका छन् । पछिल्लो २४ घण्टामै इटालीमा ६२७ जनाको मृत्यु भएको छ भने ५ हजार ९८६ जना नयाँ संक्रमित भेटिएका छन् । चीनमा भने अहिलेसम्म ३ हजार २४८ जनाको मृत्यु भएको छ ।

पछिल्लो केही दिनयता इटालीमा प्रत्येक दिन कोरोना भाइरसबाट ४ सयभन्दा बढीको मृत्यु हुने गरेको छ । इटालीमा बुधबार ४७५ को मृत्यु भएको थियो भने ४ हजार २७० जना नयाँ संक्रमित भेटिएका थिए । बिहीबार ४२७ जनाको मृत्यु र ५ हजार ३२२ जना नयाँ संक्रमित भेटिएका थिए ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वको १८५ देशमा फैलिएको छ । वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार कोरोना भाइरसको कारण अहिलेसम्म विश्वभर ११ हजार ३७६ जनाको मृत्यु भइसकेको छ । भने २ लाख ७५ हजार संक्रमित भएका छन् । ९० हजार ९४३ जना भने निको भएर घर फर्किएका छन्।