२० भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यरातमा बालेनले आपत्तिजनक स्टाटस लेखेपछि…



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले मध्यराति सामाजिक सञ्जालमा आपत्तिजनक स्टाटस लेखेका छन् । उनले लेखेको स्टाटसपछि थप विवादमा तानिएका छन् ।

सार्वजनिक मञ्चहरुमा त्यति धेरै नदेखिने बालेन सामाजिक सञ्जालमा भने निकै सक्रिय छन् । उनले बेलाबेलामा सामाजिक सञ्जालबाटै विवादास्पद स्टाटसहरु लेख्ने गरेका छन् ।

प्राय: आफ्ना विचार सञ्जालबाटै अभिव्यक्त गर्ने उनले शनिबार मध्यराति एउटा स्टाटस लेखे ।

अश्लील शब्दसमेत मिसाएर दुई छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उनले स्टाटसमा उल्लेख गरेका थिए ।

उनले नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा, राप्रपा र माओवादी केन्द्रप्रति अश्लील शब्द प्रयोग गरेका हुन् ।

बालेनले मध्यराति किन यतिधेरै आक्रोसपूर्ण, अश्लील र आपत्तिजनक लेखे भन्ने प्रश्न पनि उठेको छ ।

बालेनको स्टाटसलाई लिएर अहिले रातिदेखि नै सामाजिक सञ्जालमा बहस र आलोचना सुरु भएको छ ।

उनले अहिले उक्त स्टाटस सञ्जालबाट हटाइसकेका छन् । पोस्ट गरेको केही मिनेटमै उनीमाथि चर्को आलोचना सुरू भैसकेको थियो ।

पछिल्लोपटक बालेनलाई अन्तर्राष्ट्रिय शक्तिसङ्ग साठगाठ गरेको आरोप लाग्ने गरेको छ । यसैबीच उनले चीन, भारत, अमेरिकासहितको नाम उल्लेख गरेर व्यक्त गरेको अभिव्यक्तिमाथि अहिले सञ्जालमा बहस सुरू हुन थालेको छ ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार निर्माणमा अदृश्य शक्ति बनेर सक्रिय भएको आरोप बालेनमाथि लाग्दै आएको थियो ।

बालेनले मध्यराति आपत्तिजनक स्टाटस बेहोसीमा लेखेको टिप्पणी भइरहको छ ।