१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

कोरोना त्रास : संक्रमण रोक्न ‘लक डाउन’मा नेपाल

कोरोना त्रास : संक्रमण रोक्न ‘लक डाउन’मा नेपाल
अ अ+ अ-

काठमाडौं । विश्वभर फैलिएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण रोक्न सरकारले ‘मिनी लक डाउन’ गरेको छ। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले अत्यावश्यक सेवाबाहेक सबै कामकाज बन्द गर्न आह्वान गर्दै ‘लक डाउन’ गरेका हुन्।

‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ’, प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने।

प्रधानमन्त्रीले सम्बोधनमा टेलिफोन, यातायात, प्रेस, सञ्चार, खानेपानी, पर्यटन, इन्धन, अस्पताल तथा स्वास्थ्य केन्द्र, एम्बुलेन्स, औषधि विक्री वितरण, फोहोरमैला व्यवस्थापन, बैंकिङ सेवा, बिमा सेवा, विद्युत सेवा, दैनिक उपभोग्य वस्तुलगायत राजपत्रमा उल्लेखित अत्यावश्यक सेवाबाहेक अन्य सबै गतिविधि नगर्न आह्वान गरेका हुन्।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमण रोक्न सर्वसधारणलाई विशेष आह्वान गरेका छन्। सम्बोधनको सुरुमै आफ्नो स्वास्थ्य नभएर जनस्वास्थ्यको बारेमा विमर्श गर्न उपस्थित भएको बताएका ओलीले नागरिकको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखेको भन्दै सबैलाई सुरक्षित रहन आह्वान गरेका हुन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।