२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनार्दन शर्माले अराजक व्यवहार देखाएः दाहाल



अ+ अ-

काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का पूर्वअध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेता जनार्दन शर्माले अराजक व्यवहार देखाउनुभएको आरोप लगाउनुभएको छ ।

शनिवार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठक राम्रो किसिमले चलिरहेको तर आफ्ना कुरा राखेर शर्मा अराजक शैली देखाउँदै निस्किनुभएको बताउनु भयो । उहाँले शर्माको उक्त शैली राम्रो नभएको टिप्पणी गर्नुभयो । शर्मा सचिवालय बैठक छोडेर बीचमै निस्किनुभएको थियो । उहाँले माओवाद माओवादी केन्द्रले छोड्न लागेकोप्रति आपत्ति जनाउँदै नेकपा (एकीकृत समाजावदी)सँग पार्टी एकता हुन नहुने धारणा राख्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘….केही जाँदैन । हाम्रो पार्टी सबै एकजुट भएको छ । सिसि मिटिङसम्म जनार्दन पनि एक हुन्छन् र हुनुपर्छ भन्ने विश्वास हामीलाई छ । उहाँले आज बैठक राम्रो शुरु भएको थियो । उहाँले विषय राख्नुभयो, ल बस्नुस् सबैका कुरा सुन्ने भनेको उठेर हिँड्नुभयो । उहाँले शैली नराम्रो हो । कसैलाई मन पर्ने शैली होइन । त्यो अराजकता हो ।’ 

दाहालले केन्द्रिय कमिटी बैठकसम्म शर्मा पनि एक हुने बताउँदै माओवादी केन्द्र एकजुट रहेको दाबी गर्नुभयो । –न्युज एजेन्सी नेपाल