१९ मंसिर २०८२, शुक्रबार
,
Latest
एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार सय मेगावाट क्षमताको कालिगण्डकी कोभाङ परियोजना बन्ने



अ+ अ-

काठमाडौँ । नेपाल डेभलपमेण्ट पब्लिक कम्पनी (एनडीपी) ले चार सय मेगावाट क्षमताको कालिगण्डकी कोभाङ परियोजना बनाउने भएको छ ।

एनडीपीको शुक्रवार सम्पन्न साधारणसभाका कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त जानकारी दिनुभएको हो । उहाँले एनडीपीसहितको समुहले मिलेर सो जलविद्युत परियोजना निर्माणको लागी सम्झौता गरेको बताउनु भयो । उक्त जलविद्युत निर्माणको लागि सहज रहेको समेत उहाँले बताउनु भयो । भारतको सिमासम्म पुग्ने गरि उक्त ठाउँमा विद्युत प्रशारण लाईन समेत बनिसकेको उहाँको भनाई छ । मुक्तिनाथ जाने बाटोमा रहेको लेतेबाट टनेलमा पानी छिराउने र हाईवेमा नै कालिगण्डकी पावरहाउस निर्माण गर्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘हामीले कालिगण्डकी कोभाङ भन्ने एउटा प्रोजेक्ट छ, जुन प्रोजेक्ट अदालतले खारेज गरेको थियो । अदालतले खारेज गरिदिएर प्रोजेक्ट बास्केटमा गएको थियो, अहिले त्यो कम्पनीले सर्वोच्चवाट मुद्दा जितेर लाईसेन्स रिस्टेट भएको हिसाबले हामीले त्यो लाईसेन्स एनडीपीसहितको ग्रुपले एग्रिमेन्ट गरेर अगाडी बढाउन खोजेका छौँ । त्यो करिब ४ सय मेगावाट हुन्छ । क्यू४० हिसाबले १६३ छ , क्यू२५ को हिसावले गर्दाखेरि करिब ४०० मेगावाट हुन्छ । त्यो भनेको ट्रान्समिसन लाईन पनि अलरेडी बनिसकेको छ । ईण्डिया जाने कालिगण्डकी करिडोर ट्रान्समिसन लाईन बोर्डरसम्म नै गईसकेको अवस्था छ । अर्को चाँही त्यो कस्तो ठाउँमा छ भने लेतेबाट टनेलमा पानी छिराउने र हाईवे मै कालिगण्डकी (हाम्रो ज्ञानेन्द्रजी र सांघाईजीहरुले अगाडी बढाउनुभएको) कालिगण्डकी गर्ज भन्ने त्यसको माथि हाईवे मै पावरहाउस निकाल्ने भनेपछि यो एकदमै राम्रो प्राजेक्ट छ । त्यो प्रोजेक्टमा हामी बढीसकेको अवस्था छ ।’ 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहनुभएका ढकालले एनडीपीले स्टार्टअप, जलविद्युत आयोजना निर्माण लगायतका क्षेत्रमा लगानी गर्ने जानकारी दिनुभयो ।