२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिल्क एयरमा नेपाल आइपुगेका विदेशीलाई फिर्ता गर्ने तयारी



अ+ अ-

काठमाडाैं

काेराेना प्रभावित मुलुकका नागरिकलाई नेपाल प्रवेशमा राेक लगाइए पनि सिंगापुरबाट आएको सिल्क एयरमा नेपाली सहित विदेशी नागरिक पनि नेपाल आइपुगेका छन् । विमानमा सवार नेपाली बाहेक अरूलाई आगमन मुलुकतर्फ नै फिर्ता पठाइने भएको छ ।

शनिबार बेलुका साढे ८ बजे त्रिभुवन विमानस्थलमा उत्रेकाे विमानमा काेराेना प्रभावित नेदरल्यान्डस लगायतका देशका यात्रु भेटिएका थिए ।

त्रिभुवन विमानस्थल अद्यागमन कार्यालयका प्रमुख सागर आचार्यले विमानस्थलमा सबै यात्रुको स्क्रिनिङ गरिएको जानकारी दिँदै विमानमा रहेका नेपाली यात्रुको ज्वरोलगायतका स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाइनमा राख्नुपर्ने नपर्ने निर्क्यौल गरिने बताउनुभयाे ।

नेपालबाट सिंगापुर जानका लागि पहिले नै १६० जनाले बोर्डिङ पास लिएर बसेको पनि प्रमुख आचार्यले जानकारी दिनुभयाे ।

सरकारले आइतबारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । त्यस्तै यसअघि नै सरकारले युरोपका सबै, पश्चिम एसिया, खाडी मुलुक र कोरोना प्रभावित मुलुकका नागरिकको प्रवेशमा रोक लगाइसकेको छ ।