काठमाडौं
कोरोनाभाइरसकाे त्रासदी राेक्न सरकारले चालेका कदममाथि आइतबारका पत्रपत्रिकाले विभिन्न काेणबाट समाचार, लेख र विचार सम्प्रेषण गरेका छन् । ‘नाकाहरूमा जोखिपूर्ण आवागमन’ शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ । कोरोना संक्रमण रोक्न सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक आवागमनमा कडाइ गरे पनि भारतसँगका अधिकांश नाकाबाट जोखिमपूर्ण आउजाउ भइरहेको समाचारको सार छ ।
कान्तिपुरले जस्तै अन्नपूर्ण पाेस्टले पनि सीमा नाकाहरूबाट भइरहेको आवागमनबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, सीमा नाकाबाट असुरक्षित तरिकाले हुलका हुल नेपाली घरतर्फ आइरहेका छन् ।
केही अखबारका मुख्य पृष्ठहरू