१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन

‘राष्ट्रिय सभामा जेन–जीको प्रतिनिधित्व दलको इच्छाले मात्रै हुँदैन’

‘राष्ट्रिय सभामा जेन–जीको प्रतिनिधित्व दलको इच्छाले मात्रै हुँदैन’
अ अ+ अ-

सरकारले आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य रिक्त पदको निर्वाचन गर्दैछ । अगामी २० फागुनमा रिक्त हुने एक तिहाइ सदस्यको निर्वाचन गर्न निर्वाचन आयोगको परामर्शमा सरकारले मिति घोषणा गरेको हो । गत २३ र २४ भदौमा भएको जेन–जी विद्रोहपछि राज्यका रहेक संरचनामा जेन–जी पुस्ता (सन् १९९७ देखि २०१२ बीच जन्मिएका युवा पुस्ता)को सहभागिता बढाउनुपर्ने माग उठेको छ । जेन–जी आन्दोलनका अगुवा तथा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले समेत राष्ट्रिय सभामा जेन–जीको प्रतिनिधित्व गराउने सम्बन्धमा चासो राख्दै आउनुभएको छ । नयाँ पुस्ताको आवाज र दृष्टिकोण निर्णायक तहमा पुग्नुपर्छ भन्ने विषय पेचिलो हुँदै गइरहेको छ । तर राष्ट्रिय सभाको आवधिक निर्वाचनमार्फत जेन–जीको प्रतिनिधित्व कसैको चाहानाले मात्र सम्भव हुने अवस्था छैन । राष्ट्रिय सभामा जेन–जीको प्रतिनिधित्व गर्न राजनीतिक दल र सरकारको इच्छाले मात्र नभई वर्तमान संविधान संशोधन गरेर मात्र सम्भव देखिन्छ ।

यस्तो छ राष्ट्रिय सभासम्बन्धी संवैधानिक व्यवस्था र सीमा  
नेपालको संविधान २०७२ को धारा ८६ मा संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभासम्बन्धी व्यवस्था रहेको छ । उक्त व्यवस्थाअनुसार ५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जना प्रदेश सभाबाट निर्वाचित र ३ जना राष्ट्रपतिद्वारा मनोनित हुने प्रावधान छ । संविधानले युवापुस्ता वा कुनै आन्दोलनका प्रतिनिधिलाई छुट्टै कोटामा समावेश गर्ने व्यवस्था गरेको छैन । त्यसैगरी संविधानको धारा ८७ (१)मा राष्ट्रिय सभा सदस्य हुनका लागि कम्तीमा ३५ वर्ष उमेर पुगेको हुनुपर्दछ । यही संवैधानिक सीमाका कारण अहिले जेन–जी उमेर समूहका युवाहरु राष्ट्रिय सभाको उम्मेदवार बन्न अयोग्य ठहरिन्छन् । राष्ट्रिय सभाको संरचना र उमेर सीमा संविधानमै स्पष्ट भएको कारण पनि राष्ट्रिय सभामा अहिल्यै जेन–जी पुस्ताको प्रतिनिधित्व असम्भव देखिन्छ । राजनीतिक दल र सरकारले उपल्लो सदनमा युवा सहभागिता चाहेपनि कानुनी रूपमा त्यसको कार्यान्वयन हुन सक्दैन ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा स्थानीय तहका प्रमुख/उपप्रमुख एवं प्रदेश सभा सदस्यहरु मतदाता रहने व्यवस्था छ । संविधान संशोधन गरेर क्लस्टरअनुसार दलले जेन–जीलाई उम्मेदवार बनाउन सक्छन् । तर प्रतिनिधि सभा नै विघटन भएको अवस्थामा कुनैपनि अवस्थामा संविधान संशोधन सम्भव छैन ।

यस्तो छ राष्ट्रिय सभाको निर्वाचन प्रणाली
राष्ट्रिय सभा ५९ सदस्यीय हुन्छ । अगामी माघ ११ गते सरकारले एक तिहाई अर्थात १८ सदस्यको पदपूर्तिको लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदानका लागि सातवटै प्रदेशमा रहेका स्थानीय तहका प्रमुख/उपप्रमुख एवं प्रदेश सभा सदसयहरु मात्र सहभागि हुन पाउने संवैधानिक प्रावधान छ । निर्वाचनका लागि प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तह सदस्यको मतभार १९ हुन्छ । निर्वाचन आयोगकाअनुसार प्रदेश सभा सदस्य ५ सय ४९ जना र  स्थानीय तहका प्रमुख÷उपप्रमुख १ हजार ५ सय ९५ गरी कुल १ हजार ९ सय चार जना मतदाता सहभागि हुनेछन् । निर्वाचन आयोगका कार्यवाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विभिन्न क्लस्टरको आधारमा सात प्रदेशबाट १८ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुने बताउनु भयो । उहाँले थप एक जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनित हुने बताउनु भयो ।

न्यु एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘२०८२ साल कात्तिक १२ गतेको मन्त्रिपरिषद्को निर्णयले अगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने भनेर मिति घोषणा गरेको छ । त्यो मिति घोषणा हुनुपूर्व नै सरकारले आयोगसँग घनिभुत छलफल गरेर आयोगको सल्लाहमै राष्ट्रिय सभा सदस्यको १८ वटा पद निर्वाचनद्वारा र एउटा सदस्यको पद सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेगरी १९ जना सदस्यको पदपुर्ति गर्नेगरी निर्वाचनको मिति घोषणा भएको छ । हरेक २ वर्षमा १८ जना सातै प्रदेशबाट विभिन्न क्लस्टरअनुसरा निर्वाचित हुन्छन् । त्यसमध्ये एकजना चाहीँ तत्कालीन सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने महिलना अनिवार्य गर्ने कानूनी प्रावधान छ । जसमध्ये सात प्रदेशमा ८/८ जनाका दरले ५६ जना र सम्माननीय राष्ट्रपतिबाट मनोनित हुने ३ जना गरेर ५९ जना सदस्य रहने राष्ट्रिय सभाको बनोट रहेको छ । कहिल्यै खालि नहुने स्थायी प्रकृतिको सदन हो राष्ट्रिय सभा । समाजका अति उच्च वर्गमा नैतिकवान, इमानदार र सै पक्षलाई समेट्न सक्ने विद्धतहरुको समूह पनि हो । अगामी फागुन २० गते १९ जनाको ६ वर्षे समयावधी सकिन्छ । संवैधानिक प्रावधानअनुसार त्यो समयअवधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरेर आयोगले प्रतिवेदन बुझाइसक्नुपर्ने भएको हुनाले सोहिअनुसार अगाडि बढ्छौं । निर्वाचन हुँदा जुन क्लस्टरको खालि हुन्छ सोही क्लस्टरबाट निर्वाचित भएर जानुहुन्छ । सात वटै प्रदेशको प्रदेश राजधानीहरुमा मतदान केन्द्र तोकिन्छन् ।’ 

उहाँले राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि सातवटै प्रदेशका राजधानीमा मतदान केन्द्र तोकिने पनि बताउनु भयो ।

राष्ट्रिय सभामा जेन–जी प्रतिनिधित्वबारे यस्तो भन्छन् प्रमुख निर्वाचन आयुक्त भण्डारी 
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले राष्ट्रिय सभाको आवधिक निर्वाचनमा जेन–जी पुस्ताको सहभागिता असम्भव रहेको बताउनु भयो । उहाँले संवैधान–जी पुस्तालाई राष्ट्रिय सभामा सहभागि गराउन नसकिने उहाँको भनाइ छ । उहाँले राष्ट्रिय सभाको निर्वाचण प्रणाली नै परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने उल्लेख गर्दै उहाँले यही अवस्थामा राष्ट्रिय सभामा जेन–जीको प्रतिनिधित्व गर्न नसकिने बताउनु भयो । यद्यपि सरकारले संविधानको अधिनमा रहेर गरेको प्रश्तावलाई पूर्णतः कार्यान्वयन गर्न आयोग तयार रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभा सदस्यको यो आवधिक निर्वाचन हो । यदि त्यसमा थोरै चलाउनुप¥यो भने संविधान चलाउनुपर्छ । संविधान संशोधन गर्नको लागि प्रतिनिधि सभाको दुई तिहाई बहुमत चाहिन्छ । त्यसकारण अहिले संविधान चलाउनसक्ने स्थिति नभएको हुनाले अहिले त्यो अलि कठिन छ । यदि सरकारले केही प्रश्ताव गरेर दियो भने हामी त्यसको कार्यान्वयन गर्नबाट पछि हट्दैनौं । तर संविधानमार्फत नै ल्याउनुपर्ने भएको कारण सरकारले कसरी ल्याउने र आयोगले कसरी कार्यान्वयन गर्ने भन्ने सवाल त छँदैछ ।’ 

राजनीतिक दलका नेताहरुले निर्वाचनबाट जेन–जीको प्रतिनिधित्व सम्भव नरहेको बताउनु भयो । संविधानको ३५ वर्ष पूरा भएको व्यवस्था संशोधन गर्नसके मात्र राष्ट्रिय सभामा जेन–जीको प्रतिनिधित्व हुनसक्ने उहाँको भनाइ छ ।