२५ भाद्र २०८३, बिहीबार
,
Latest
कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग



अ+ अ-

काठमाडौँ। आवधिक निर्वाचनका क्रममा उपयोग गरिने मतदान केन्द्र पुनरावलोकन गरिनुपर्नेमा सरोकार भएका निकायका प्रतिनिधिहरुले जोड दिएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को लैङ्गिक अपाङ्गता तथा समावेशी दृष्टिकोणबाट निर्वाचन पर्यवेक्षणको प्रतिवेदन अनावरण गर्न महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा मतदान केन्द्र पुनरावलोकन गरी सहज स्थानमा स्थानान्तरण गरिनुपर्नेमा जोड दिइएको हो ।

मञ्चलगायत १५ वटा संस्थाले लैङ्गिक अपाङ्गता तथा समावेशी दृष्टिकोणबाट निर्वाचन पर्यवेक्षण गरेको जानकारी पनि कार्यक्रममा गराइएको थियो । त्यस अवसरमा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले मतदानस्थल तथा मतदान केन्द्रको पुनरावलोकन सुरु भइसकेको बताउनुभयो ।

पहुँच हुन नसक्ने मतदान केन्द्रका बारेमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत आयोगमा जानकारी पठाउन सकिने उहाँले बताउनुभयो ।

आयोगले मस्यौदा गरी सङ्घीय संसद्मा प्रवेश गरेको विधेयकमा प्रत्यक्ष निर्वाचनमै ३३ प्रतिशत महिला निर्वाचित हुने गरी कानुनी व्यवस्था मस्यौदा गरी पठाइएको उहाँको भनाइ छ ।

१५ वटा संस्थाले निर्वाचन पर्यवेक्षण गरी पठाएको प्रतिवेदन आयोगको अमूल्य सम्पत्ति हुने र यसका आधारमा आगामी निर्वाचनमा सुधारका काम गरिने प्रतिबद्धता आयुक्त तुलाधरको थियो ।

समयअनुसार प्रविधिको प्रयोग बढाउने, निर्वाचनमा खटिने कर्मचारी तथा स्वयंसेवकहरुका लागि लैङ्गिक, अपाङ्गता तथा समावेशीकरणसम्बन्धी तालिमलाई संस्थागत गर्ने र लैङ्गिक, अपाङ्गता तथा समावेशी सूचकका आधारमा वर्गीकृत निर्वाचन तथ्याङ्क सङ्कलन, विश्लेषण तथा प्रकाशनलाई थप सुदृढ बनाउने उहाँले बताउनुभयो ।

महिला, युवा, अपाङ्गता भएका व्यक्ति, दुर्गम क्षेत्रका नागरिक तथा अन्य सीमान्तकृत समुदायलाई लक्षित विशेष मतदाता शिक्षा कार्यक्रम विस्तार गरिने उहाँको भनाइ थियो । मञ्चको नेतृत्वमा विभिन्न १५ वटा गैरसरकारी संस्थाले तयार पारेको निर्वाचन पर्यवेक्षणको प्रतिवेदनका बारेमा अधिवक्ता सागर पाठकले प्रस्तुती दिनुभएको थियो ।

निर्वाचन हरित निर्वाचन, शान्तिपूर्ण र निष्पक्ष ढङ्गले सम्पन्न भए पनि लैङ्गिक, अपाङ्गता तथा समावेशीमैत्री प्रक्रियामा भने धेरै सुधार गर्नुपर्ने देखिएको उहाँले उल्लेख गर्नुभयो ।

मतदान हुनु अघिको मतदानस्थल, मतदानको समय र मतगणनाको अवस्थालाई जेड–सी (लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण) विधिबाट पर्यवेक्षण गरी प्रतिवेदन तयार गरिएको उहाँले बताउनुभयो ।

सात प्रदेशका २३ जिल्लाका ५५ स्थानीय तहको ४६ निर्वाचन क्षेत्रमा रहेको १५६ मतदान केन्द्रको प्रत्यक्ष अवलोकन गरेर प्रतिवेदन तयार पारिएको पाठकले बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता मीरा ढुङ्गाना, आयुक्त डा तुलाधर, मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठ र अर्पणा श्रेष्ठले संयुक्त रुपमा प्रतिवेदन अनावरण गर्नुभयो ।निर्देशक श्रेष्ठले मतदान केन्द्र पर्याप्त सूचनाबाट वञ्चित रहेकाले आउँदा दिनमा त्यसलाई निर्वाचन आयोगले सुधार गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अधिकांश मतदान केन्द्रमा महिला र पुरुषको लाइन बेग्लाबेग्लै भए पनि अन्यलाई बेवास्ता गरिएको, प्राथमिक उपचारको व्यवस्था नभएको, पिउने पानी, स्तनपान कक्ष, आराम कक्ष नभएको, मतदानस्थल अपाङ्गतामैत्री नभएको र मतदानपछि फर्किने बाटोमा वृद्धा र अशक्तका लागि ध्यान नपु¥याइएको कार्यकारी निर्देशक श्रेष्ठको भनाइ थियो ।

अबका दिनमा निर्वाचन आयोगले यस्ता कुरामा ध्यान पु¥याउने उहाँको विश्वास थियो । रासस