२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा वार्षिक प्रतिवेदन पेस



अ+ अ-

मोरङ। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आज आठौँ वार्षिक प्रतिवेदन बुझाएको छ ।

प्रदेश प्रमुख खापुङलाई मुख्य न्यायाधिवक्ता नारायण बस्तीले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका सर्तसम्बन्धी ऐन, २०७५ को दफा १२ को उपदफा (१) बमोजिम कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै जनताले न्याय पाएको अनुभूति गर्न सके मात्र समाजमा द्वन्द्व घट्दै जाने भएकाले कानुन कार्यान्वयनलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । उहाँले सामाजिक सद्भाव र मेलमिलाप कायम गराउन जनताको न्यायमा पहुँच सहज हुनुपर्ने विचार राख्नुभयो ।

मुख्य न्यायधिवक्ता बस्तीले सो कार्यालयको प्रगति समीक्षा प्रस्तुत गर्नुभएको थियो । प्रदेश प्रमुखको कार्यालयका सचिवसहित कर्मचारीहरू र मुख्य न्यायधिवक्ताको कार्यालयका कर्मचारीको उपस्थिति रहेको थियो ।