१२ असार २०८३, शुक्रबार
,
Latest
काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकट गाउँमा एम्बुलेन्स सेवा



अ+ अ-

काठमाडौँ । गजेन्द्र स्मृति फाउन्डेशनले दोलखास्थित कालिन्चोक गाउँपालिकाको स्थानीय तहका लागि एम्बुलेन्स दिएको छ । एम्बुलेन्सले गाउँपालिकास्थित नौ वटै वडाका स्थानीयलाई सुविधा दिने छ ।

गाउँपालिकामा यस अघि दुई मात्रै एम्बुलेन्स सुविधा थियो । उक्त एम्बुलेन्सले विशेष गरी वडा नं ३ र ९ का स्थानीयलाई मात्रै सुविधा दिँदै आएका थिए । वडामा नयाँ एम्बुलेन्स थपिएपछि वडा नं। २ र १ का स्थानीयले प्रत्यक्ष सुविधा पाउने भएका छन् । गाउँपालिकाका अध्यक्ष बीनकुमार थामीले शुक्रबार हस्तान्तरित एम्वुलेन्सले गाउँपालिकाका विकट क्षेत्रका स्थानीयलाई सुविधा दिने बताउनुभयो ।

फाउण्डेशनका अध्यक्ष ओमकुमार श्रेष्ठले बिकट गाउँका स्थानीयले समयमा नै अस्पताल जान नसकेर अकालमै ज्यान गुमाउनुपर्ने अबस्था देखेपछि एम्बुलेन्स उपलब्ध गराएको बताउनुभयो । एम्बुलेन्समा अक्सिजन, वातानूकुलितदेखि प्राथमिक उपचारका सम्पूर्ण सामग्री जडान गरिएको छ । फाउण्डेशनले लगतै गाउँमा स्वास्थ्य शिविर चलाउने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।