२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चद्वारा ओली र लेखकको स्थानहदविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार



अ+ अ-

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई काठमाडौं उपत्यकाबाहिर जान नपाउने गरी तोकिएको स्थानहदविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश नृपध्वज निरौलाको इजलासले अन्तरिम आदेश नदिँदै उनीहरूलाई स्थानहद तोक्नुको कारण पेश गर्न सरकार र जाँचबुझ आयोगलाई आदेश जारी गरेको हो ।

अधिवक्ता डा. प्रेमराज सिलवालले ओली र लेखकमाथि तोकिएको स्थानहद कानुनविपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

जेन–जी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनी घटनाबारे छानबिन गर्न गठित आयोगको सिफारिसमा सरकारले ओली, लेखक र तत्कालीन काठमाडौं प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई अनुमतीविना उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो ।

त्यसैगरी तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीमाथि पनि स्थानहद तोकिए पनि सरकारी कामकाजका कारण उनीमाथिको प्रतिबन्ध फुकुवा गरिएको सरकारको भनाइ छ ।