२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानसेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात धुनको लागि काठमाडौंका १६ स्थानमा पानी ट्याङकी स्थापना



अ+ अ-

काठमाण्डौ । विश्वमा महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस रोकथामको लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाण्डौ उपत्यकाको बढि भिडभाड हुने र जोखिम बढि हुने १६ स्थानमा सर्वसाधरणहरूलाई हात धुनको लागि साबुन सहित पानी ट्याङकी राखेको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले माछापुच्छ्रे बैङक संगको सहकार्यमा काठमाण्डौ, ललितपुर र भक्तपुरको बढी भिडभाड हुने स्थानहरूमा पानी ट्याङकी राखिएको जानकारी दिनु भयो । सरकारले कोरोना भाइरस रोकथामको लागि अत्यावश्यक बाहेक अन्य सेवाहरू बन्द गरी, बढी भिडभाड हुन नदिने लगायतका कार्यहरू सार्वजनिक गरेको अबस्थामा महानगरीय प्रहरी कार्यालयले आफ्नो तर्फबाट सतर्कता अपनाउदै नागरिकको सहजताको लागी बैङक संगको सहकार्यमा उक्त कदम चालिएको बताउनु भयो । साबुन पानीले हात धुने, स्यानीटाईजरको प्रयोग र माक्स लगाएर हिडेमा पनि केही हद सम्म नियन्त्रण गर्न सकिने विशेषज्ञको राय अनुसार उपत्यकामा सर्वसाधरण नागरिकहरूको सहजताको लागी उक्त कार्य गरिएको बताउदै सार्वजनीक स्थानहरूमा राखिएको साबुन पानीले हात धुन सबैमा आग्रह गर्नु भयो ।

कोरोना भाईरसको महामारी नियन्त्रण नभए सम्मको लागि बढी भिडभाड हुने स्थानहरू रत्नपार्क, बानेश्चर, गौशला, के.एम.सी. अस्पताल सिनामंगल, महाराजगंज चोक , शिक्षण अस्पताल लगायतका स्थानहरूमा आइतबार देखिनै राखिएको जानकारी दिनु भयो यसै गरी प्रसुती गृह थापाथली, टेकु अस्पताल, पाटन अस्पताल लगायत ललितपुर र भक्तपुरका बढी भिडभाड हुने र जोखिम बढि हुने स्थानहरूमा भोली सम्म राखि सकिने जानकारी समेत दिनु भयो ।

हरपल आम नागरिकको सेवा र सुरक्षामा हामी तैनाथ हुने छौ भन्दै पोखरेल भन्नु हुन्छ “ प्रहरी कर्मचारीहरूको लागि माक्स वितरण गरेका छौ, सर्वसाधरण नागरिकको लागि सार्वजनिक स्थानहरूमा सावुन सहित को पानी ट्याङकी स्थापना गरेका छौ” । हामी तपाईको लागि बाहिर निस्कन्छौ हाम्रो लागी तपाईहरू भित्र बसिदिनु होला भन्दै अत्यावश्यक काममा बाहेका घरभन्दा बाहिर निस्कने र बढिभिडभाडमा जाने नगर्न सबैमा आग्रह गर्नु भयो । हामी आफै सचेत भए मात्र रोगबाट बच्न सकिने भन्दै सरकारले नै सबै कार्य गरिदियोस भन्नु भन्दा आ-आफ्नो ठाउँबाट सकेको उपाय अपनाउनु पर्ने उहाँले बताउनु भयो ।