२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारीका अध्यक्ष पाण्डेको घरमा ढुंगामुढा, दोषीहरूलाई कानुनी कठघरामा उभ्याउन माग



अ+ अ-

काठमाडौं। प्रेस चौतारी नेपालले स‌ंगठनका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको घरमा भएको ढुङ्गा प्रहारप्रति घोर निन्दा प्रकट गरेको छ।

प्रेस चौतारी नेपाल केन्द्रीय समितिले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार अध्यक्ष पाण्डेको लमजुङ जिल्ला सदरमुकाम बेशीसहरस्थित घरमा गए राति करिब १२ बजे अज्ञात समूहले ढुङ्गा प्रहार गरेको हो। घटनामा घरका झ्यालका सिसा फुटेका छन् भने अध्यक्ष पाण्डेकी ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको चौतारीले जनाएको छ। सो घरमा अध्यक्ष पाण्डेकी आमा र हजुरआमा बस्दै आउनु भएको छ।

पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका पक्षमा रहेको श्रमजीवी तथा व्यावसायिक पत्रकारहरूको साझा संस्था प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्षकै निवासमाथि भएको यस्तो आक्रमणलाई चौतारीले अत्यन्त गम्भीर र निन्दनीय कार्यको रूपमा लिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यो आक्रमण योजनाबद्ध रूपमा गरिएको हाम्रो निष्कर्ष छ’, महासचिव हिरामान लामाको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रेस चौतारीले गत भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजनात्मक स्ट्याटस लेखी घरमा आक्रमण गर्न सार्वजनिक आह्वान गरिएको र सोही योजनाअनुसार गए राति आक्रमण भएको स्पष्ट प्रमाणित भएको जनाएको छ। ‘अध्यक्षलाई डर देखाएर प्रेस चौतारीका कलाजीवीहरूलाई दबाउने प्रयास सफल हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ।

चौतारीले घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी दोषीहरूलाई कानुनी कठघरामा उभ्याउन सम्बन्धित सुरक्षा निकाय र प्रशासनसँग माग गरेको छ। चौतारीले यस घटनाले मुलुकमा स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा बढाएको भन्दै पत्रकार समुदाय एकताबद्ध भएर यस्ता आपराधिक गतिविधिको प्रतिवाद गर्न पनि आग्रह गरेको छ।