२३ जेष्ठ २०८३, शनिबार
,
Latest
देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारीका अध्यक्ष पाण्डेको घरमा ढुंगामुढा, दोषीहरूलाई कानुनी कठघरामा उभ्याउन माग



अ+ अ-

काठमाडौं। प्रेस चौतारी नेपालले स‌ंगठनका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको घरमा भएको ढुङ्गा प्रहारप्रति घोर निन्दा प्रकट गरेको छ।

प्रेस चौतारी नेपाल केन्द्रीय समितिले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार अध्यक्ष पाण्डेको लमजुङ जिल्ला सदरमुकाम बेशीसहरस्थित घरमा गए राति करिब १२ बजे अज्ञात समूहले ढुङ्गा प्रहार गरेको हो। घटनामा घरका झ्यालका सिसा फुटेका छन् भने अध्यक्ष पाण्डेकी ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको चौतारीले जनाएको छ। सो घरमा अध्यक्ष पाण्डेकी आमा र हजुरआमा बस्दै आउनु भएको छ।

पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका पक्षमा रहेको श्रमजीवी तथा व्यावसायिक पत्रकारहरूको साझा संस्था प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्षकै निवासमाथि भएको यस्तो आक्रमणलाई चौतारीले अत्यन्त गम्भीर र निन्दनीय कार्यको रूपमा लिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यो आक्रमण योजनाबद्ध रूपमा गरिएको हाम्रो निष्कर्ष छ’, महासचिव हिरामान लामाको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रेस चौतारीले गत भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजनात्मक स्ट्याटस लेखी घरमा आक्रमण गर्न सार्वजनिक आह्वान गरिएको र सोही योजनाअनुसार गए राति आक्रमण भएको स्पष्ट प्रमाणित भएको जनाएको छ। ‘अध्यक्षलाई डर देखाएर प्रेस चौतारीका कलाजीवीहरूलाई दबाउने प्रयास सफल हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ।

चौतारीले घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी दोषीहरूलाई कानुनी कठघरामा उभ्याउन सम्बन्धित सुरक्षा निकाय र प्रशासनसँग माग गरेको छ। चौतारीले यस घटनाले मुलुकमा स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा बढाएको भन्दै पत्रकार समुदाय एकताबद्ध भएर यस्ता आपराधिक गतिविधिको प्रतिवाद गर्न पनि आग्रह गरेको छ।