२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको विषेश महाधिवेशन पक्षधरले बोलायो छुट्टै भेला



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबारे विवाद चर्किँदै जाँदा त्यसका पक्षधर नेताहरूले आइतबार काठमाडौंमा बेग्लै भेला बोलाएका छन् ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित माग दर्ता गरिए पनि संस्थापन पक्षले वैधानिकता प्रश्न उठाएपछि यो भेला बोलाइएको हो ।

नेता गुरुराज घिमिरेका अनुसार राष्ट्रव्यापी कार्यक्रम नभई थप छलफलका लागि भेला हुन लागिएको हो । स्थान अझै तय नभए पनि बानेश्वर आसपास बस्ने तयारी गरिएको उनले बताए ।

यसैबीच, शेखर कोइराला र गगन थापाको समूहले पुस १६ गते नियमित महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ भने संस्थापन पक्षले फागुन २१ को चुनावअघि गर्न नसकिने भन्दै वैशाखमा गर्ने अडान लिएको छ ।

कार्यतालिकामा सहमति नजुट्दा महामन्त्री थापाले बैठक बहिस्कार गरेका थिए।