२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको विषेश महाधिवेशन पक्षधरले बोलायो छुट्टै भेला



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबारे विवाद चर्किँदै जाँदा त्यसका पक्षधर नेताहरूले आइतबार काठमाडौंमा बेग्लै भेला बोलाएका छन् ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित माग दर्ता गरिए पनि संस्थापन पक्षले वैधानिकता प्रश्न उठाएपछि यो भेला बोलाइएको हो ।

नेता गुरुराज घिमिरेका अनुसार राष्ट्रव्यापी कार्यक्रम नभई थप छलफलका लागि भेला हुन लागिएको हो । स्थान अझै तय नभए पनि बानेश्वर आसपास बस्ने तयारी गरिएको उनले बताए ।

यसैबीच, शेखर कोइराला र गगन थापाको समूहले पुस १६ गते नियमित महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ भने संस्थापन पक्षले फागुन २१ को चुनावअघि गर्न नसकिने भन्दै वैशाखमा गर्ने अडान लिएको छ ।

कार्यतालिकामा सहमति नजुट्दा महामन्त्री थापाले बैठक बहिस्कार गरेका थिए।