४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

महानगरले शुरु गर्‍यो सामुदायिक कुकुरको वन्ध्याकरण

महानगरले शुरु गर्‍यो सामुदायिक कुकुरको वन्ध्याकरण
अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुरको वन्ध्याकरण कार्यक्रम शुरु गरेको छ । महानगरभित्रका ३२ वडामा रहेका सामुदायिक कुकुरहरूको बन्ध्याकरणका लागि पाँचवटा संघसंस्थासँग सम्झौता भइसकेको छ ।

छनोट भएका ती संघसंस्थालाई विभिन्न वडा विभाजन गरी कार्यादेश दिइसकिएको बताइएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरपालिकाले सामुदायिक कुकुर र बिरालोलाई वन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्य गर्न इच्छुक संघसंस्थाबाट मिति २०८२ असोज २२ गते आवेदन आह्वान गरेको थियो । सोहीअनुसार सार्वजनिक सूचनाबाट आएका संघसंस्थामध्ये पाँचवटा छनोट भई वन्ध्याकरण कार्य शुरु भएको हो ।

विशेष गरी कुकुरको वन्ध्याकरणलाई प्राथमिकता दिइएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा काठमाडौं महानगरपालिका कृषि तथा पशुपंक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले यो धर्ती कुकुरहरूको पनि हो भन्दै महानगरले कुकुरहरूको अभिभावक बन्ने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो । उहाँले वन्ध्याकरण कार्य व्यवसायिक भावले नभई सेवा भावले गर्न आग्रह गर्दै सम्झौताअनुसार तोकिएका मापदण्ड पूरा गर्न निर्देशन दिनुभयो । सम्झौताअनुसार संघसंस्थाले वडाका जनप्रतिनिधि वा कर्मचारीको रोहबरमा वन्ध्याकरण तथा भ्याक्सिनेसन कार्य सञ्चालन गर्नुपर्नेछ । बन्ध्याकरण वा खोप लगाइएका कुकुर–बिरालोको विवरण र तस्बिर सहितको प्रतिवेदन महानगरमा पेश गर्नुपर्नेछ । आवश्यक औषधि, सर्जिकल सामग्री तथा रेबिज खोप संघसंस्थाले आफैं खरिद गर्नुपर्नेछ ।

यदि वन्ध्याकरण वा भ्याक्सिनेसन नगरी गरिएको दाबी प्रमाणित भएमा सो संघसंस्थालाई प्रतिजनावर एक लाख रुपैयाँ जरिवाना तथा सम्झौता रद्ध गरी संस्था दर्ता खारेजीका लागि पत्राचार गर्ने सम्मको शर्तको व्यवस्था गरिएको छ । सम्झौता २०८३ सालको असार २० सम्म कायम रहनेछ ।

महानगरले वन्ध्याकरण तथा खोपको दर प्रति जनावर २ हजार ५ सय रुपैयाँ तोकेको छ । यसअघि आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ५ सय कुकुर र बिरालोको बन्ध्याकरण तथा १६ हजार जनावरमा रेबिजविरुद्धको खोप लगाइएको थियो । त्यस्तै आर्थिक वर्ष २०८१/०८२ मा ६ सय ७० वटा वन्ध्याकरण र १६ हजार ५ सय ६९ जनावरमा रेबिजविरुद्धको खोप लगाइएको थियो । महानगरले वर्षेनी सामुदायिक कुकुर र बिरालोको स्वास्थ्य तथा नियन्त्रणका लागि यस्ता अभियान सञ्चालन गर्दै आएको छ ।