१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा उपसभापतिमा सोविता विजयी मुख्यमन्त्रीलाई हात्तीबाट पीडितले बुझाए ज्ञापन पत्र कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छाैः मन्त्री पोखरेल राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन रास्वपा पदाधिकारी निर्वाचनमा कम मत, १ हजार २८९ प्रतिनिधिले मात्रै गरे मतदान शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ उपत्यकामा खानेपानी नियमित



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले कर्मचारीलाई आवश्यक सेनेटाइजर, मास्कलगायत वस्तु उपलब्ध गराएर खानेपानी नियमितरुपमा उपलब्ध गराउने भएको छ । काठमाडौँ उपत्यकाको खानेपानीको व्यवस्थापन गर्दै आएको लिमिटेडले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले सार्वजनिक बिदा दिए पनि निर्बाधरुपमा सेवा प्रवाह हुने जनाएको छ ।

अहिले सेवा प्रवाह गरिरहँदा प्रशासनिक कामका विषयमा निर्णय भइनसकेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो । उहाँका अनुसार मिटर रिडिङ, मर्मतलगायत कामका लागि फिल्डमा पठाउने विषयमा आगामी सातासम्ममा निर्णय हुनेछ । उहाँले भन्नुभयो, “यो साताभरमा छलफल गरेर यी विषय आगामी सातासम्ममा निर्णय हुनेछ ।” लिमिटेडले सुख्खा मौसममा अहिले दैनिक नौ करोड लिटर पानी काठमाडौँ उपत्यकामा वितरण गरिरहेको छ ।