१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा उपसभापतिमा सोविता विजयी मुख्यमन्त्रीलाई हात्तीबाट पीडितले बुझाए ज्ञापन पत्र कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छाैः मन्त्री पोखरेल राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन रास्वपा पदाधिकारी निर्वाचनमा कम मत, १ हजार २८९ प्रतिनिधिले मात्रै गरे मतदान शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथ मन्दिरमा एक पटकमा १० जनालाई मात्र प्रवेश



अ+ अ-

काठमाडाैं

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा एक पटकमा १० जना मात्रै भक्तजनलाई प्रवेश गर्न दिने निर्णय गरेको छ । पशुपति क्षेत्र विकासका कोषाध्यक्ष डा. मिलनकुमार थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले १० जनाले दर्शन गरेपछि मात्रै थप १० जनालाई पालैपालो प्रवेश गर्न दिने निर्णय गरेको हो ।

त्यस्तै बिद्युतीय शवदाह गृहमा ७ जना भन्दा बढी मलामीलाई प्रवेश गर्न निषेध गरिएको छ । पशुपतिनाथको मन्दिरमा गरिने बिशेष पूजालाई अर्काे सूचना नभएसम्मका लागि स्थगन गरिएको पनि काेषकाे विज्ञप्तीमा उल्लेख छ ।

जल अभिषेक गर्दा र बेलुकाको आरतीमा बस्ने भक्तजनहरुलाई अर्को सूचना नभएसम्मका लागि उपस्थित नहुन सूचित गरिएको काेषले जनाएकाे छ ।