१२ असार २०८३, शुक्रबार
,
Latest
मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छाैः मन्त्री पोखरेल राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन रास्वपा पदाधिकारी निर्वाचनमा कम मत, १ हजार २८९ प्रतिनिधिले मात्रै गरे मतदान शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवका दाजु ललितपुरबाट पक्राउ



अ+ अ-


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का दाइ जयेन्द्र चन्दलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । उनका दाई जउन्द्रसँगै सो पार्टीका अरु पाँच जना जना कार्यकर्तालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । ललितपुर प्रहरीले सो समाचारको पुष्टि गरेको छ ।


गएराति ८ बजेतिर महानगरीय प्रहरी परिसर जावलाखेलबाट खटिएको विषेश टोलीले उनीहरुलाई पक्राउ गरेको हो । ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले विप्लवका दाइसहित छ जनालाई पक्राउ गरेको पुष्टि गरेका हुन् । प्रहरीले उनीहरूसँग हातहतियार भने नरहेको जनाएको छ ।
पक्राउ परेका चन्द विप्लव समूहको नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष हुन् । त्यस्तै पक्राउ पर्नेहरूमा विनोद चन्द, प्रेम कृष्ण, कमल सुनार, अनिल मगर र कृष्ण मगर छन् । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।