४ श्रावण २०८३, सोमबार
,
Latest
बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गरिने, सरकारद्वारा कार्यदल गठन काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवतीको हत्या, आरोपीको खोजी तीव्र अवैध व्यापार गर्नेलाई कडा कारबाही गर्ने वाणिज्य विभागको चेतावनी मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिलाहरु अन्ततः सम्पर्कमा गत वर्ष ११ हजार ४६८ मुद्दा फछ्र्योट उत्तरी भियतनाममा बाढी र पहिरोबाट पाँच जनाको मृत्यु, तीन बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा रगतको चरम अभाव: रक्तदान गर्न आह्वान



अ+ अ-

चितवन । चितवनमा रगतको चरम अभाव भएको छ । चाडपर्वका कारण नियमित रक्त सङ्कलनका कार्यक्रम नभएका कारण जिल्लामा रगतको अभाव भएको हो । बिरामीका आफन्तले खोजेका रक्तदाता मार्फत् मात्र रगत उपलब्ध हुने अवस्था जिल्लामा सिर्जना भएको छ ।

चितवनमा दैनिक १०० देखि १५० यूनिट रगतको माग हुने गरेको जनाइएको छ । यो सङ्ख्या सङघीय राजधानी काठमाडौ पछिको दोस्रो रगतको माग हुने जिल्ला हो । रगतको अभाव भएपछि भरतपुर महानगरपालिका वडा नम्बर २ मा आज आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरियो । कार्यक्रममा भरतपुर महानगरपालिका –२ र १० का वडाध्यक्ष क्रमशः मनोज रानाभाट र परमेश्वर खनाल सहित १०५ जनाले रक्तदान गर्नुभयो ।

प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको आग्रहमा नेपाल रेडक्रस सोसाइटी उपशाखा नारायणगढद्वारा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा उपशाखाकी अध्यक्ष कृपा राजभण्डारीले रगतको अभाव भएपछि केन्द्रको आग्रहमा आकस्मिक रक्तदानको आयोजना गरिएको बताउनुभयो । अभियानमा जनप्रतिनिधि, सामाजिक व्यक्तित्वहरुसंगै आम रक्तदाताहरुलाई रक्तदान गर्न आव्हान गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरि पौडेलले रगतको अभाव भएपछि रक्तदान गर्न सबैमा आव्हान गरिएको बताउनुभयो । उहाँका अनुसार आज नेपाल रेडक्रस सोसाईटी उपशाखा गीतानगरले पनि रक्तदान कार्यक्रम आयोजना गरेको छ । शुक्रबार लायन्स क्लबहरुले रक्तदानको कार्यक्रम आयोजना गर्दै छन् । यसबाट क्रमशः रगतको अभाव घट्दै जाने अपेक्षा गरिएको छ ।

रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार चाडपर्व, राजनीतिक गतिविधि, संघ संस्थाका गतिबिधिमा कमी, विद्यालय कलेज बिदा, खेतीपाती भित्र्याउने समय लगायतका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो । दैनिक बिरामीले खोजेका रक्तदाता र स्वस्फूर्त आउनेहरु ५० हाराहारी हुने भएपनि यसले धान्न नसेको उहाँले बताउनुभयो । यहाँ रहेका क्यान्सर अस्पतालका बिरामीहरुलाई धेरै रगत आबश्यक पर्दछ । त्यसै गरी दुर्घटना, प्रसुती, शल्यक्रिया लगायतमा रगतको अभाव हुने गर्दछ । केन्द्रले चितवन सहित छिमेकी जिल्लामा पुगेर रगत सङकलन गर्ने गरेको छ । रसस