४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’

बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’
अ+ अ-

काठमाडौँ । बालगायक अशोक दर्जीको जीवन र सङ्घर्षलाई समेटेर चलचित्र ‘मन बिनाको धन’ तयार गरिएको छ । गायक दर्जीलाई सडकबाट उद्दार गरेर गायनसम्ममा साथ दिनुभएका सङगीतकार तथा गायक टङ्क बुढाथोकीले निर्देशन गर्नुभएको चलचित्रमा वर्तमान समाजमा मन र धनबीचको टकरावलाई चित्रण गर्दै दर्जीको ‘जिरोबाट हिरो’ बन्ने यात्रालाई देखाइएको छ ।

गायक बुढाथोकीले गायक दर्जीको बाल्यकालका घटनाक्रम, आफूमाथी लागेका केही आरोपको यर्थाथतालाई समेटेर चलचित्रको कथा तयार गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“सडकमा गीत गाउँदै हिँड्ने गायक दर्जीको जीवन परिवर्तन गरेको कथा चलचित्रमा ल्याएको छु । यो पूर्णतया उहाँकै जीवनी होइन, यसलाई हामीले चलचित्रकै रुपमा तयार गरेका छौँ तर मूलभूत घटनाक्रम उहाँकै जीवनको लिइएको छ । यो चलचित्रले गायक दर्जीको जीवनीसँग परिचित गराउँदै मनोरन्जन पनि दिन्छ ।”

गायक दर्जी हाल कक्षा नौ मा अध्ययनरत रहेकाले चलचित्रका रुपमा यो उमेरका लागि यही पहिलो र अन्तिम हुने उहाँले बताउनुभयो । उक्त चलचित्रमा गायक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुङ्गाना, भोला सापकोटा, बुद्धी तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए।आर। बुढाथोकी, शङ्कर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियङ्का झालगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

गायक दर्जीले गायक बुढाथोकीकै कारण आफूले शिक्षा र साङ्गीतिक वातावरण पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“मलाई सडकबाट ल्याएर गायक बनाइदिनुभयो । म यसरी चिनिनु गायक बुढाथोकी कै देन हो । यो कथाले मेरो सङ्घर्ष देखाएर प्रेरणा पनि दिन्छ । म जस्ता सडक बालकलाई सपना देखाउन र गन्तव्यमा पुर्याउन सायद अन्य कसैलाई प्रेरित गर्यो भने त्यो ठूलो उपलब्धी हुनेछ । सडकमा हिड्ने बालकलाई आफ्नै परिवारको सदस्य बनाउनुभएका गायक बुढाथोकी बारे म शब्दले केही भन्न सक्दिन ।”

गायक बुढाथोकीको निर्देशनसँगै कथा लेखन रहेको चलचित्र ‘मन विनाको धन’ मा पटकथा र संवाद शिवम अधिकारीले लेख्नुभएको छ । चलचित्र यही कात्तिक २१ देखि नेपालसँगै विदेशका केही स्थानमा प्रदर्शन हुने वितरक करण श्रेष्ठले जानकारी दिनुभयो ।