१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान

सञ्चारमन्त्री खरेलसँग भारतीय राजदूत श्रीवास्तवको भेट

सञ्चारमन्त्री खरेलसँग भारतीय राजदूत श्रीवास्तवको भेट
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा भएको भेटमा नेपाल तथा गणतन्त्र भारतबीच रहेको द्विपक्षीय ऐतिहासिक सम्बन्ध, द्विपक्षीय सहकार्य तथा वर्तमान अवस्था र नेपाल सरकारका प्राथमिकता सम्बन्धमा छलफल भएको छ ।

भेटमा सञ्चारमन्त्री खरेलले नेपाल र भारतबीच रहेको ऐतिहासिक सम्बन्ध, नेपालमा भारतको सहयोगमा सञ्चालित विकास आयोजनाहरु लगायत विभिन्न कालखण्डमा नेपालको सामाजिक तथा राजनैतिक विकासमा भारतबाट प्राप्त आर्थिक तथा प्राविधिक सहयोग एवम् सद्भावको सराहाना गनुभयो ।

यसका साथै मन्त्री खरेलले नेपालको विद्यमान विशिष्ट परिस्थितिको बारेमा उल्लेख गर्दै स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाचनलाई सम्पन्न गर्ने, भष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्ने कार्य सरकारको प्रमुख प्राथमिकतामा रहेको जानकारी गराउनुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री खरेलले निर्धारित निर्वाचनको वातावरणका लागि सरकारले राजनीतिक दल र जेनजी प्रतिनिधिहरुसँग औपचारिक रुपमा वार्ता संवाद अगाडि बढाएको र बुधबारमात्रै सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच पहिलो पटक औपचारिक रुपमा त्रिपक्षीय बैठक भएको र सबै निर्वाचनको लागि सकारात्मक रहेको जानकारी गराउनुभएको छ ।

सो अवसरमा राजदूत श्रीवास्तवले सञ्चारमन्त्री खरेललाई बधाई ज्ञापन गर्दै असल छिमेकीको नाताले नेपालको आवश्यकताअनुसार भारतको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भारत सरकार नेपालको आर्थिक रुपान्तरण एवम् समृद्धिका लािग नेपालको प्राथमिकताका क्षेत्रमा वित्तीय र प्राविधिक सहयोग अघिवृद्धि गर्न उत्सुक रहेको तथा भारत सरकार नेपाल सरकारलाई सहयोग गर्न प्रतिवद्ध रहेको समेत जानकारी गराउनुभयो । भेटवार्तामा सञ्चार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीको पनि सहभागिता थियो ।

यसअघि सञ्चारमन्त्री खरेलसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग र नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसन ले छुट्टा छुट्टै शिष्टाचार भेट गर्नुभएको थियो ।