१२ असार २०८३, शुक्रबार
,
Latest
मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छाैः मन्त्री पोखरेल राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन रास्वपा पदाधिकारी निर्वाचनमा कम मत, १ हजार २८९ प्रतिनिधिले मात्रै गरे मतदान शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले कोरोनाको सूचना लुकाउँदैन – स्वास्थ्यमन्त्री ढकाल



अ+ अ-

काठमाडौँ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारले कोरोनाभाइरस बारेको सूचना नागरिकलाई नलुकाउने बताएका छन् । उनले भने– यो समाचार सरकारले लुकाउदैन, बरु नियमित रुपमा अपडेट नै गराउँछ ।

सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजना गरेको आकस्मिक पत्रकार सम्मेलनमा मन्त्री ढकालले सो जानकारी दिएका हुन् । उनले कोरोनाभाइरसको संक्रमण वा यससम्बन्धी सूचनाहरु नलुकाइ पारदर्शी ढङ्गले जनतासामु ल्याउने बताए ।

सरकारले सोमबारदेखि भारत र चीनका दुबै सिमानाका बन्द गराएको उनले बताए । कोरोनाको संक्रमणबाट बच्न र त्यसको तयारी गर्न ५० करोड रुपैयाँ सरकारले छुट्याएको पनि उनले जानकारी दिए ।

सीमानाका बन्द गर्दा अत्यावश्यक सामग्रीहरुको पनि अभाव हुन सक्नेतर्फ संकेत गर्दै स्वास्थ्यमन्त्री ढकालले कुनै सामान अपुग भएमा प्लेनबाटै सामान आयात गर्नेगरी प्लेनसमेत स्ट्याण्डबाई राखिएको बताए ।

अहिले समय अलि प्रतिकूल भएको कारण सूचना प्रवाहमा सरलता नहुन पनि सक्ने उनको भनाई थियो । उनले भने– सरकारले सूचना लुकाउने कुरै हुदैन । कोरोना भाइरसले कसैलाई आक्रमण गरेमा वा पोजिटिभ देखिएमा पारदर्शी भएरै सूचना बाहिर ल्याउने उनले बताए । उनले भने ‘पोजिटिभ देखिएमा सूचना लुकाउने कुरा नै आउँदैन, राज्यले सूचना लुकाउँदैन । यो पारदर्शी ढङ्गले बाहिर आउँछ ।’