काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२मा कप्तान रोहित पौडेलको शतकमा नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ ।
दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० अेभरमा सबै विकेट गुमाएर २३३ रन बनायो ।
नेपालको लागि कप्तान पौडेलले शानदार ईनिङ खेले । उनले १३० बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै १०९ रन बनए ।
यस्तै, ओपनर आसिफ शेखले ४८ बलमा ३५ रन, आरीफ शेखले ४२ बलमा २७ र दिपेन्द्र सिंह ऐरीले २८ बलमा २३ रन जोडे । त्यसैगरी करण केसीले ८ बलमा १३ रन बनाउँदा कुशल भुर्तेलले १२ बलमा ७ रन र भिम सार्कीले १३ बलमा ३ रन बनाएर आउट भए ।
बलिङमा युएईका जाहिद अलीले सर्वाधिक ४ विकेट लिए । जुनैद सिद्दिकीले ३ विकेट लिए ।
शृंखलामा आज नेपाल पहिलो जितको खोजीमा छ । यसअघि नेपाल पहिलो खेलमा अमेरिकाविरुद्ध १०६ रनले पराजित भएको थियो ।










