२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान रोहितको शतकमा नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२मा कप्तान रोहित पौडेलको शतकमा नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० अ‍ेभरमा सबै विकेट गुमाएर २३३ रन बनायो ।

नेपालको लागि कप्तान पौडेलले शानदार ईनिङ खेले । उनले १३० बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै १०९ रन बनए ।

यस्तै, ओपनर आसिफ शेखले ४८ बलमा ३५ रन, आरीफ शेखले ४२ बलमा २७ र दिपेन्द्र सिंह ऐरीले २८ बलमा २३ रन जोडे । त्यसैगरी करण केसीले ८ बलमा १३ रन बनाउँदा कुशल भुर्तेलले १२ बलमा ७ रन र भिम सार्कीले १३ बलमा ३ रन बनाएर आउट भए ।

बलिङमा युएईका जाहिद अलीले सर्वाधिक ४ विकेट लिए । जुनैद सिद्दिकीले ३ विकेट लिए ।

शृंखलामा आज नेपाल पहिलो जितको खोजीमा छ । यसअघि नेपाल पहिलो खेलमा अमेरिकाविरुद्ध १०६ रनले पराजित भएको थियो ।