२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खगेन्द्र सुनार बयानका लागि जिल्ला अदालत काभ्रेमा हाजिर



अ+ अ-

काठमाडौं । फरार सूचीमा रहेरका खगेन्द्र सुनार बयानका लागि जिल्ला अदालत काभ्रेमा हाजिर भएका छन्।

सुनारको न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बयान भइरहेको स्रेस्तेदार इन्दिरा कार्की गेलालले जानकारी दिनुभयो ।

अधिवक्ता मनिषा गौतमले प्रहरीमा सुनारविरूद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुर गरेको भन्दै जाहेरी दिनु भएको थियो ।

अधिवक्ता गौतमले आफूमाथि फेसबुकमा गालीगलौज गरेको भन्दै सुनारविरूद्ध मुद्दा दायर गर्नुभएको थियो ।

बिहीबार सुनारको बयान सकिएपछि थुनछेक बहस हुनेछ। सुनार बर्तमान सरकारमा मन्त्रीका लागि सिफरिस हुनु भएको थियो । बिभिन्न बिषय जोडेर बिवाद भएपछि उहाँलाई मन्त्रीमण्डलमा समाबेश गरिएको थिएन ।